काठमाडौँ ।
आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को नेपालले लगातार दोश्रो जित निकालेको छ। फिलिपिन्सले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ८२ रन जोडेको थियो।
आज अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले हराउँदै दोस्रो जितको निकालेको हो।
ट्स हारेर पहिलो ब्यटिङको निम्तो पाएको नेपालले २० ओभर खेल्दै ३ विकेट गुमाउँदै २ सय १८ रन जोडेको थियो।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अविजित रहँद १०४ रन जोडे।
त्यस्तै दिपेन्द्रसिंह ऐरीले ८३ रन जोड्दा आशिफ सेख शून्य रनमै आउट भए। त्यस्तै पछिल्लो क्रिज टेकेका लोकेश बम अविजित रहँदै ६ रन जोडे।
यस्तै नेपालको तर्फबाट कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।