मंगलसेन।
अछाम जिल्लाको मंगलसेन नगरपालिकाले चैते दसैँ अवसरमा यही चैत १५ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाको राजपत्रमा २०७९/१२/१३ गते प्रकाशित सूचना अनुसार नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय बिदा रहेको नगरपालिका नि प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र सोडारीले जानकारी दिनु भयो।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजा आराधना गरी चैते दसैँ मनाउने गरिन्छ। चैत्राष्टमीका बेला नगरपालिकाको वडा नम्बर १० जुपुमा चैते दशैको मेला मनाईन्छ।

