Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गरिनेछ : नगर प्रमुख पदका उम्मेदवार कुँवर
पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गरिनेछ : नगर प्रमुख पदका उम्मेदवार कुँवर नगरपालिकाको विकासका लागी कम्युनिस्ट सरकारको विकल्प छैन : उप–प्रमुख पदका उम्मेदवार ठकुल्ला
रमन भट्ट
रमन भट्ट आइतबार, वैशाख १८, २०७९
नेकपा एमाले साँफेबगर नगर प्रमुख पदका उम्मेदवार पशुपित कुँवर

साँफेबगर, बुढाकाेट ।

साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गर्दै व्यावहारिक तथा व्यवसायिक शिक्षामा प्राथामकिता दिईने बताउनु भएको छ । साँफेबगर नगरवडा नम्बर ९ बुढाकोटमा भएको चुनावी आमसभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले आफूले विजय प्राप्त गरि सके पछि संघ र प्रदेश सरकारसँगको सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमको संचालन, एक वडा एक उत्पादन नीतिको तर्जुमा र कार्यान्वयन, एक वडा एक सहकारी सुपथ मूल्य पसलको संचालन, नयाँ शहर आयोजनासंगको समन्वय र सहकार्यमा बस्ति विकास कार्यक्रमको प्रभावकारी कार्यन्वयन, बैजनाथधाम, खप्तड, जिमराडी, धौलछडा, कालालेकी लगायत नगरमा रहेका सांस्कृति–धार्मिक स्थलहरुको संरक्षण र प्रबर्द्धनका लागि गुरुयोजना निर्माण र कार्यान्वयन गरिने बताउनु भएको छ। उहाँले एक वडा एक खेल मैदान निर्माण, लैगिंक विभेदमा शून्य सहनशिलताको नीति अवलम्बन, भूमिहीन र सुकम्वासीहरुका लागि जग्गा उपलब्ध गराउन भूमि सम्बन्धी आयोगसंग समन्वय र सहकार्य, विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोग सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एक परिवार एक रोजगार कार्यक्रम संचालन गरिने बताउनु भएको छ । 
बाम गठबन्धनको तर्फबाट नगरपालिकाको नगर प्रमख पदका उम्मेदवार कुँवरले नगरपालिकालाई हिंशा मुक्त नगरपालिका बनाउने योजना रहेको बताउनु भएको छ ।साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटमा घर दैलो पछि चुनावी सभामा बोल्दै कुँवरले हरेक क्षेत्रको विकासका लागी सबै भन्दा पहिले हिंसा रहित समाज निर्माण हुन आवश्यक रहेको बताउनु भयो। नगरपालिकामा महिला मतदाताको संख्या बढी रहेको भन्दै रहेक निर्वाचनमा महिलाको मतले जित्दै आएका जनप्रतिनिधिहरुले महिलाका सवालहरुलाई वेवास्था गर्दै आएको आरोप लगाउने भयो। कुँवरले महिला, दलित, विभिन्न वर्ग क्षेत्रमा हुँदै आएको विभेद र हिंसा अन्त्यका लागि आफ्नो विशेष पहल रहने बताउनु भयो। उहाँले आफूलाई सूर्य चिन्हमा मतदान गरेर विजयि गराउन समेत आग्रह गर्नु भयो। उहाँले बेरोगारी समस्यालाई निर्मूल पार्नको लागि पालिकामा सीपमूलक तालिम देखि लिएर रोजगारीका सवालमा गम्भीर भएर लाग्ने प्रतिवद्धता समेत जनाउनु भएको छ। यस्तै चुनावी आमसभामा बोल्दै साँफेबगर नगरपालिकाको नगर उपप्रमुख पदका उम्मेदवार रंग बहादुर ठकुल्लाले साँफेबगर नगरपालिकाको विकासका लागी कम्युनिस्ट सरकारको विकल्प नभएको बताउनु भएको छ । उहाँले गरिब, निमुखा र सर्वहारा वर्गको हितमा कम्युनिस्ट सरकारले मात्रै काम गर्न सक्ने भएकाले कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक भएको बताउनु भएको छ । उहाँले साँफेबगर नगरपालिकामा बाम गठनबन्धनको जीत सुनिश्चित भएको बताउनु भएको छ । साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटका वडा कमिटी अध्यक्ष झप्पर थापाको अध्यक्षतामा भएको घर दैलो तथा चुनावी आमसभा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले अनुशासन आयोगका  केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर (गोविन्द) रहनु भएको थियो। यस्तै कार्यक्रमका विशिष्ठ अतिथि नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवर, जंग वि.क., जयन्द्र स्वार, शिव बहादुर थापा, दिपक सुनार, शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक  कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, प्रवासी नेपाली संघका आकाश कुँवर, नेकपा एमाले जिल्ला कमिटी सदस्य रामप्यारी कुँवर, नेकपा एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य तथा वडा अध्यक्ष पदका उम्मेदवार नर बहादुर कुँवर, वडा सदस्य पदका उम्मेदवार भक्त बहादुर कुँवर, धर्म सिंह थापा, पाना देवि कुँवर तारा देवि दमाई, अनेरास्ववियुका जिल्ला कमिटी सचिव भिम बडाहित लगाएत नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । वडा कमिटी उपाध्यक्ष सर्जन परियारले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन नेकपा एमाले जिल्ला कमिटी सदस्य पुष्पराज भट्टले गर्नु भएको थियो ।


प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा बिहीबार, फागुन १४, २०८२
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न  सोमबार, फागुन ११, २०८२
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न बिहीबार, माघ १५, २०८२
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न  बिहीबार, माघ १५, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्