Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, असार ५, २०८३

साँफेबगर ।

अछामको साँफेबगर नगरपालिका भित्र रहेका सार्वजनिक संस्थाहरुमा स्तनपान कक्ष निर्माण तथा सञ्चालनको माग गर्दै नगर प्रमुख राजेन्द्र बहादुर कुँवरलाई ज्ञापन पत्र बुझाईएको छ। पालिका स्तरीय दलित सञ्जाल र पालिका स्तरीय खाद्य अधिकार सञ्जाल साँफेबगरको संयुक्त पहलमा बिहीबार नगर प्रमुख कुँवरलाई ज्ञापन पत्र बुझाईएको हो।

ज्ञापन पत्र मार्फत वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा स्तनपानमैत्री वातावरण निर्माण गरी स्तनपान कक्ष स्थापना गर्न माग गरिएको छ। ज्ञापन पत्रमा नेपाल सरकारद्वारा जारी स्तनपान प्रवर्धन तथा मातृत्व सुरक्षा कार्यान्वयन निर्देशिका, २०७५ अनुसार सार्वजनिक तथा निजी कार्यालयहरुमा स्तनपानमैत्री वातावरण निर्माण तथा स्तनपान कक्षको व्यवस्था गर्नु पर्ने कानुनी प्रावधान रहेको उल्लेख गरिएको छ।

तर साँफेबगर नगरपालिका भित्रका अधिकांश सार्वजनिक संस्थाहरुमा यस्तो व्यवस्था नदेखिएको भन्दै आवश्यक पहल गर्न आग्रह गरिएको छ। सञ्जालहरूले सार्वजनिक सेवा लिन आउने महिला तथा सुत्केरी आमाहरुलाई सहज वातावरण उपलब्ध गराउन नगरपालिका भित्रका सम्पूर्ण वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, अस्पताल तथा अन्य सार्वजनिक सेवा केन्द्रहरमा स्तनपान कक्ष निर्माण तथा सञ्चालनको व्यवस्था गर्न माग गरेका छन्।

त्यसै गरी स्तनपान कक्ष निर्माण गर्दा राष्ट्रिय मापदण्ड पालना गर्नु पर्ने, स्तनपानमैत्री कार्यस्थल तथा सार्वजनिक संस्थाको अवधारणा कार्यान्वयनका लागि आवश्यक नीति तथा कार्यविधि निर्माण गर्नु पर्ने, निर्माण तथा सञ्चालनका लागि बजेट विनियोजन गर्नु पर्ने र नियमित अनुगमनको व्यवस्था मिलाउनु पर्ने माग पनि ज्ञापन पत्रमा समेटिएको छ।

महिलाको सम्मान, शिशुको स्वास्थ्य अधिकार तथा पोषण सुधारलाई प्रवर्धन गर्ने उद्धेश्यले नगरपालिकाको वार्षिक नीति, योजना तथा बजेटमा स्तनपानमैत्री संरचना निर्माणलाई प्राथमिकतामा राख्न समेत सञ्जालहरुले आग्रह गरेका छन्। ज्ञापन पत्रको बोधार्थ उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई समेत दिईएको छ। स्थानीय तहमा महिलामैत्री तथा बालमैत्री सेवा प्रवाह सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना आवश्यक रहेको भन्दै सरोकारवालाहरुले यस विषयलाई प्राथमिकताका साथ अघि बढाउनु पर्ने बताएका छन्।

723624552_1411106987505934_7992492052495179276_n-1781871779.jpg
 


प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १८:२५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने बिहीबार, साउन २१, २०८३
हरियाली प्रवर्द्धनका लागि साँफेबगरमा विभिन्न प्रजातिका फूल रोपियो
हरियाली प्रवर्द्धनका लागि साँफेबगरमा विभिन्न प्रजातिका फूल रोपियो बुधबार, साउन ६, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा शुक्रबार, असार ५, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्