Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, मंसिर १६, २०८२

साँफेबगर ।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली गरिएको छ। सोमबार विश्व एड्स दिवस २०८२ को अवसरमा घुघुरकोटको कोटवाडा टोलमा र्याली पछि सन्देश मुलक देउडा खेल पनि खेलिएको थियो।

३८ औं विश्व एड्स दिवस अवरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ भन्ने नाराका साथ मनाईएको हो। यो दिवस हरेक वर्ष डिसेम्बर १ मा मनाईने गरिन्छ। यस वर्षको नाराले हालका चुनौतीहरुको बीचमा पनि एचआईभी/एड्स विरुद्धको प्रतिबद्धता अझ बलियो रहनु पर्ने सन्देश दिएको छ। एचआईभी निर्मुल गर्ने अभियानमा आएका अवरोधहरुलाई अवसरमा बदल्दै, समुदाय केन्द्रित प्रयास, समान पहुँच, मानव अधिकार र नवीन समाधान मार्फत एड्स–मुक्त भविष्य तर्फ अघि बढ्न सबैलाई एक साथ हातेमालो गर्न यो वर्षको नाराले आह्वान गरेको हो।

सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण भएको छ । सरकारी तथ्यांक अनुसार कुल संक्रमित मध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन्। त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरुमा एचआईभी संक्रमण छ।

त्यस्तै १५ वर्ष भन्दा माथिका एचआईभी संक्रमित पुरुषहरुको संख्या १९ हजार २ सय ७९ रहेको र एक हजार ५८ जना एचआईभी पोजेटिभ बालबालिकाहरु रहेका छन्। अझै पनि दिनमा २ जना नयाँ संक्रमित थपि रहेका छन् भने दिनमा एक जनाको एचआईभीका कारण मृत्यु भई रहेको सरकारी आँकडा रहेको छ।

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य सरकारको रहेको छ । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमण बारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाईरल लोड कम गराउने सरकारी लक्ष्य रहेको छ।

घुघुरकोटमा भएको र्याली पछि कोड सभा पनि गरिएको थियो। सभामा बोल्दै वडा अध्यक्ष ललित बोगटीले बारम्बार स्वास्थ्य परिक्षण गर्न जरुरी रहेको बताउनु भयो। उहाँले कुनै पनि रोगहरु लाग्नबाट बच्न आफ्नो बानी व्यहोरा परिवर्तन गर्न सुझाव पनि दिन भएको थियो।

यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य चौकी इन्चार्ज बम प्रसाद भट्टले एचआईभि संक्रमण पहिलेको भन्दा केही नियन्त्रण भएको बताउनु भएको छ। उहाँले विभिन्न माध्यमहरुबाट सरकारी र गैर सरकारी संस्थाहरुले गरेका क्रियाकलापहरुले पनि यसको नियन्त्रण गर्न सहजता भएको बताउनु भएको छ।

यस्तै कार्यक्रममा बोल्दै सम विकास नेपालका पुन्ना कुँवरले कार्यक्रमको बारेमा प्रष्ट पार्नु भएको थियो। उहाँले महिलाको पोषण सुधारका लागि जलवायु उत्थानशिलता कृषि प्रणालीमा महिलाको अग्रसरता परियोजनाबाट आफुहरु काम गरि रहेको बताउनु भयो। खापरमाण्डौ आत्मानिर्भर समुहका अध्यक्ष आशा बिकको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष ललित बोगटी रहनु भएको थियो।

यस्तै कार्यक्रममा घुघुरकोट स्वास्थ्य चौकी इन्चार्ज बम प्रसाद भट्ट, एमपीडिएसका प्रकाश बहादुर महता, सम विकास नेपालका पुन्ना कुँवर, शर्मिला बोगटी लगायतको उपस्थिति रहेको थियो।

(घुघुरकोटमा भएको कार्यक्रमका तस्विरहरु)

WhatsApp-Image-2025-12-01-at-4.54.31-PM-1764645830.jpeg

WhatsApp-Image-2025-12-01-at-4.54.11-PM-1764645835.jpeg

WhatsApp-Image-2025-12-01-at-4.54.16-PM-1764645833.jpeg

WhatsApp-Image-2025-12-01-at-4.54.20-PM-1764645832.jpeg

WhatsApp-Image-2025-12-01-at-4.54.21-PM-1764645832.jpeg

WhatsApp-Image-2025-12-01-at-4.54.25-PM-1764645831.jpeg

WhatsApp-Image-2025-12-01-at-4.54.31-PM-1764645830.jpeg

WhatsApp-Image-2025-12-01-at-4.54.32-PM-1764645829.jpeg

WhatsApp-Image-2025-12-01-at-4.54.34-PM-1764645828.jpeg

WhatsApp-Image-2025-12-01-at-4.54.33-PM-1764645827.jpeg

WhatsApp-Image-2025-12-01-at-4.54.37-PM-1764645826.jpeg

WhatsApp-Image-2025-12-01-at-4.54.34-PM-(1)-1764645826.jpeg


प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा बिहीबार, असोज २३, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम आइतबार, साउन २५, २०८२
बयालपाटा अस्पताल चलाउन कानुनी पूर्वाधार निर्माण
बयालपाटा अस्पताल चलाउन कानुनी पूर्वाधार निर्माण शुक्रबार, साउन २३, २०८२
विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि साँफेबगरमा सम्पन्न
विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि साँफेबगरमा सम्पन्न शुक्रबार, साउन २३, २०८२
छिपेखोलामा फालेको फोहर बगाएर घर खेतमा पुगे पछि स्थानीय आक्रोशित
छिपेखोलामा फालेको फोहर बगाएर घर खेतमा पुगे पछि स्थानीय आक्रोशित बिहीबार, साउन २२, २०८२
लोकप्रीय
  • Week
  • Month
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्