Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा: भूकम्पको शक्ति जमिन मुनि सञ्चित, कसरी बच्ने ?
सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा: भूकम्पको शक्ति जमिन मुनि सञ्चित, कसरी बच्ने ?
एकेन्द्र महता
एकेन्द्र महता आइतबार, माघ १५, २०७९
Bhukampa.jpg

साँफेबगर ।

सुदूरपश्चिममा ठूलो भूकम्पको खतरा रहेको भूकम्पविद्ले बताएका छन्। सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिन मुनि सञ्चित रहेकोले जति बेला पनि ठूलो भुकम्प आउन सक्ने भूकम्पविद्हरुले बताएका हुन्। सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिन मुनि सञ्चित भएर बसेको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए। उनका अनुसार ८ म्याग्निच्युट भन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ।

हरेक एक सय वर्षमा महाभूकम्प जाने गरेको र वर्षौ देखि भूकम्पीय शक्ति जमिन मुखि जम्मा भएर बसेकाले जुनसुकै समयमा पनि जोखिम आउन सक्ने उनको भनाई छ। गत कात्तिकमा डोटीमा केन्द्र विन्दु भएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। यस्तै गत मंगलबार बाजुराको मौला क्षेत्र नजिकै केन्द्र विन्दु बनाएर भूकम्प गयो। दुवै ठाउँ नजिकै पर्छ। ‘ठूलो भूकम्प गराउने शक्ति जमिन मुनि सञ्चित भएर बसेको छ। सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा छ। यस क्षेत्रमा पटक–पटक सुक्ष्म, साना, मध्यम, ठूलो र महाभूकम्प बेला-बेलामा आउने जोखिम सधैं भरि रहन्छ। वरिष्ठ भूकम्पविद् अधिकारीले पूर्व–पश्चिम मध्ये चारै तिर प्रत्यक वर्ष गइरहेने र ८ म्याग्निच्युट भन्दा ठूलोलाई महाभूकम्प, ७ देखि ८ म्याग्निच्युटलाई ठूलो र ६ देखि ७ म्याग्निच्युटलाई मध्य स्तर र त्यस भन्दा तललाई साना भूकम्प भन्ने गरिएको बताए। उनले सुक्ष्म र अति सुक्ष्म भूकम्प प्रायः गइनै रहेको जानकारी दिए।

हामीले बुझ्न र सचेत हुनु पर्ने विषय भनेको अब पूरै सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा छ। सोहि अनुसारको सावधान जोखिमबाट बच्ने उपाय भएको भूकम्पविद् बताउँछन्। २०७२ वैशाखमा गोर्खा केन्द्र विन्दु बनाएर ठूलो भूकम्प गएको थियो। त्यसले ठूलो जनधनको क्षति गरेको थियो। पूर्व जस्तै गोर्खा भन्दा पश्चिम तर्फको क्षेत्रमा निरन्तर रुपमा भूकम्प आउँछ। तर विगत ५ सय वर्ष यता गोर्खा भन्दा पश्चिम तर्फ देहरादुनसम्म पूर्वमा जस्तो महाभूकम्प गएको छैन। २०३७ सालमा बझाङमा ठूलो भूकम्प गएको थियो। २०५८ मा पनि बझाङ, बैतडी र दार्चुला तिर ठूलो भूकम्प गएको थियो। महाभूकम्पहरु सयौं वर्षको अन्तरालमा जान्छन्। नेपालमा दैनिक रुपमा ८ देखि १० वटा भूकम्प गइ रहेका हुन्छन्। ४ म्याग्निच्युट कमका भूकम्पहरु महसुस गर्न सकिदैन्। निरन्तर भूकम्प गइ रहने क्षेत्र भनेको जोखिमको क्षेत्र रहेको भूकम्पविद्ले बताएका छन्। भूकम्पविद्का अनुसार ठुला, मझौला तथा साना सहरी लगायत सुदुरपश्चिमका अन्य क्षेत्रहरु भूकम्पको जोखिममा रहेका छन्।

भूकम्पबाट कसरी बच्ने ?

बच्ने उपाय
– भूकम्पबाट मुख्य बच्ने उपाय भनेकै जानु भन्दा अगाडि गर्नु पर्ने पूर्व तयारी हो। भूकम्पले नभई हाम्रा कमजोर संरचनाले जनधनको क्षति गर्ने गर्छन्। तसर्थ, घर, सभा गृह, मन्दिर, विद्यालय लगायत मानव निर्मित संरचना भूकम्प प्रतिरोधी तथा बलियो बनाउन अत्यावश्यक छ।
– प्राविधिकको सल्लाह लिएर सुरक्षित घर बनाउने, पुरानो घर भए मर्मत–सम्भार गर्ने, भारी सामान घर भित्र भए तिनलाई नहल्लिने गरी वा बाँधेर राख्ने गर्नु पर्छ।
– विषादी र प्रज्वलनशील पदार्थलाई सुरक्षित ठाँउमा राख्ने जस्ता सावधानी अपनाएमा भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ।
– भूकम्प जति वेला पनि आउन सक्ने भएकाले पूर्व तयारी गरी कसरी यसरी जोगिन सक्छु भन्ने धारणा बनाउन अनिवार्य छ। यदि, भूकम्प आइ हालेमा आफू भएको स्थान र सुरक्षित स्थान बारे जानकारी हुनु पर्छ । जस्तै, घरसँगै कार्यालय, विद्यालय, बाटो, सुपरमार्केट आदि जस्ता आफू गइ रहने ठाउँका सुरक्षित स्थान बारे सधैँ हेक्का राख्नु पर्छ।
– भूकम्प आउँदा सावधानी अपनाउने बारे फुर्सदको समयमा अभ्यास गर्न सकिन्छ। यसले भूकम्प बारे ज्ञान बढाउनुका साथै डराउने, आत्तिने जस्ता समस्या समेत कम गराउँछ।
– यदि ठूलो भूकम्प आइ हालेमा के गर्ने भन्ने बारे घर–छिमेक र समाजमा छलफल गर्नु पर्छ। त्यस्तै, हरेक स्कुलमा बालबालिकालाई यसका बच्ने उपाय बारे ज्ञान दिन अनिवार्य छ।
– भूकम्प जति वेला पनि आउन सक्छ भन्ने बुझेर आपत्कालीन (इमेर्जेन्सी)का लागि अत्यावश्यक सामानको झोला सधैँ तयार राख्नु पर्छ । जस्तै, टर्च, रेडियो, फोन, खानेकुरा उक्त झोलामा राख्दा विपत्का वेला ठूलो फाइदा पुग्छ।
– भूकम्प आइ सके पछि सुरक्षित स्थान अर्थात खुला ठाउँमा जानु पर्छ। नडराई र नआत्तीकन सूचना दिने, अरूलाई सहयोग गर्ने, घाइतेलाई सुरक्षित स्थानमा जान सहयोग गर्ने गर्नु पर्छ।
– ड्राइभिङ गर्दा भूकम्प आए सोही ठाउँमा एक छिन अडिएर सुरक्षित स्थानमा जानु पर्छ। बाटो, सडकमा भएमा पोल, ठूला होर्डिङ बोर्ड र घरका छेउमा बस्नु हुँदैन। घर भित्र भएमा सामान झरेर नभेट्ने खुल्ला ठाउँमा तुरुन्त जानु पर्छ।
– भूकम्प आउँदा डराउने र आत्तिने गर्नाले झनै जोखिम हुने गर्छ। पर्याप्त ज्ञानको कमीका कारण यस्तो भएको हो। तसर्थ, सबै मानिसले भूकम्प बारे जानकारी लिन जरुरी छ। यसले आम मानिसमा डर हटाउँछ र आपत्कालीन स्थितिमा पनि भूकम्पबाट जोगिन सकिन्छ।

आउने संकेत यस्ता भूकम्प कति वेला, कत्रो जान्छ भन्ने ठ्याक्कै अनुमान लगाउन सकिँदैन। यद्यपि, विनाकारण कुकुर भुक्नु, चराचुरुंगी एकाएक कराउनु, गाईबस्तु आत्तिनु आदि अस्वाभाविक अवस्थालाई भूकम्प जान सक्ने संकेत मानिन्छ। साभार


प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण शनिबार, माघ १०, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार शनिबार, भदौ ७, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
अछाममा एसइई ग्रेड वृद्धि परीक्षाको तयारी पूरा
अछाममा एसइई ग्रेड वृद्धि परीक्षाको तयारी पूरा बुधबार, साउन २८, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्