Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
आइतबार, साउन २९, २०७९
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगरको बजेट ६९ करोड २७ लाख ६३ हजार, कृषि पहिलो प्रथामित्तामा
साँफेबगरको बजेट ६९ करोड २७ लाख ६३ हजार, कृषि पहिलो प्रथामित्तामा
एकेन्द्र महता
एकेन्द्र महता शुक्रबार, असार १०, २०७९
Sanfebagar.jpg

साँफेबगर ।

अछाम जिल्लाको साँफेबगर नगरपालिकाको निति तथा कार्यक्रमसंगै बजेट प्रस्तुत गरेको छ। प्रमुख व्यापारिक केन्द्र रहेको नगरका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरको अध्यक्षतामा भएको नगर सभामा निति तथा कार्यक्रम र बजेट उपप्रमुख शिव बहादुर कुवँरले बजेट प्रस्तुत गर्नु भएको छ। दोस्रो नगर सभाको पहिलो अधिवेशनले आर्थिक बर्ष २०७९।८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो।

नगर सभाले आगामी आर्थिक बर्ष २०७९।८० का लागि ६९ करोड २७ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाले यस पटक कृषिलाई पहिलो प्रथामित्तामा राखेको छ। यस्तै नगर भित्रका विपन्न परिवारलाई २५ यूनिट सम्मको विद्युत महशुल फ्रि लगायतका लोकप्रिय कार्यक्रम प्रस्तुत गरिएको छ। यस्तै नगरपालिकाले बयालपाटा अस्पताललाई एक करोड बजेट विनियोजन गरेको छ। शुक्रबार बसेको नगर सभाले अस्पताललाई एक करोड बजेट बिनियोजन गरेको हो। नगर सभामा नगर उपप्रमुख शिव बहादुर कुवँरले अस्पतालका लागि १ करोड रकम विनियोजित गरेको उद्घोष गर्नु भयो।

विगत १ दशक भन्दा बढी देखि यस क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा दिई रहेको अस्पतालमा पछिल्लो समय आर्थिक समस्या देखिएको भन्दै अस्पताललाई प्राथमित्तामा राखिएको छ। बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले पूँजीगत तर्फ साढे चार करोड बजेट विनियोजन गरेको छ। बयालपाटा अस्पताल संचालनका लागि कुल बजेट २० करोड रकम आवश्यक रहेकोमा प्रदेश सरकारले संचालन तर्फ नभई पूजिगत तर्फ मात्रै साढे चार करोड बजेट बिनियोजित गरेको थियो। अस्पताल संचालनका लागि यसको व्यावस्थापन गरि रहेको न्याय हेल्थ नेपालले ५ करोड बजेट दातृ निकायबाट व्यावस्थापन गर्ने जनाएको छ। अस्पतालका लागि अझै १० करोड रकम अपुग देखिएको अस्पतालले जनाएको छ।

नगरपालिकाले स्वास्थ बीमालाई प्रभावकारी रुपमा कार्यान्वय गर्ने, सुरक्षित गर्भपतन सेवा बिस्तार गर्ने, दुर्गमका वडाहरुमा एकीकृत स्वास्थ्य शिविर, प्रसुती गृह संचालन, पोषण विशेष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। साँफेबगर नगरपालिकाले यस पटक कृषि र स्वास्थ्यलाई पहिलो प्राथमित्तामा राखेको छ। नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको नगर सभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवर रहनु भएको थियो। प्रमुख अतिथि कुँवरले उत्पादन मुखी क्षेत्रमा मात्र बजेट विनियोजन गर्न आग्रह गर्नु भएको छ। नगरपालिकाको दोशौ नगर सभाको नवौ अधिवेशन उद्घाटन गर्दे प्रमुख अतिथि कुवरले अनउत्पादन क्षेत्रमा भन्दा उत्पादनमुखी कृषि क्षेत्रमा लगानी लगाउन आग्रह गर्नु भएको हो।

उहाँले नगर क्षेत्र भित्र रहेका बाझो जमिनहरुको उपयोग गर्दे कृषि क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्न तर्फ जोड दिनु भयो। समन्वय समिति प्रमुख कुँवरले टुक्रे योजनाहरु भन्दा पनि बिकास देखिने योजनाहरुलाई छनौट गर्न पनि सुझाव दिनु भयो। कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति लाल बहादुर कुँवर, एमालेका नगर कमिटी उपाध्यक्ष ललित रैगाई, नेकपा माओवादीका रंग ठकुल्ला, एकीकृत समाजवादीका नगर कमिटी सचिव पृथ्बी कुँवरले सुझाव सहित शुभकामना मन्तव्य राख्नु भएको थियो। नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर शिलोजले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले गर्नु भएको थियो।


प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन सोमबार, साउन २३, २०७९
पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा
पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा आइतबार, साउन ८, २०७९
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न बिहीबार, साउन ५, २०७९
मेल्लेख गाउँपालिका २ ऋषिदहमा गैसस सहयोग इकाई स्थापना
मेल्लेख गाउँपालिका २ ऋषिदहमा गैसस सहयोग इकाई स्थापना सोमबार, साउन २, २०७९
नेकपा एमाले साँफेबगर प्रतिनिधि परिषद्को प्रथम भेला सम्पन्न
नेकपा एमाले साँफेबगर प्रतिनिधि परिषद्को प्रथम भेला सम्पन्न शनिबार, असार ३२, २०७९
पत्रकार सिंहको बृतचित्र उत्कृष्ट
पत्रकार सिंहको बृतचित्र उत्कृष्ट बुधबार, असार १५, २०७९
घुघुरकोटको दोस्रो वडा सभाको प्रथम अधिवेशनको खुला सत्र सम्पन्न
घुघुरकोटको दोस्रो वडा सभाको प्रथम अधिवेशनको खुला सत्र सम्पन्न मंगलबार, असार ७, २०७९
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक बाब्लामा सम्पन्न
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक बाब्लामा सम्पन्न सोमबार, असार ६, २०७९
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक घुघुरकोटमा सम्पन्न
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक घुघुरकोटमा सम्पन्न शनिबार, असार ४, २०७९
लोकप्रीय
  • Week
  • Month
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
मेल्लेख गाउँपालिका २ ऋषिदहमा गैसस सहयोग इकाई स्थापना
मेल्लेख गाउँपालिका २ ऋषिदहमा गैसस सहयोग इकाई स्थापना
नेकपा एमाले साँफेबगर प्रतिनिधि परिषद्को प्रथम भेला सम्पन्न
नेकपा एमाले साँफेबगर प्रतिनिधि परिषद्को प्रथम भेला सम्पन्न
पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा
पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2022 All rights reserved. Site by: SoftNEP