Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • विकास र बजेटमा युवा सहभागिताको प्रतिवद्धता, अध्यक्षसँग युवा संवाद कार्यक्रम मेल्लेखमा सम्पन्न
विकास र बजेटमा युवा सहभागिताको प्रतिवद्धता, अध्यक्षसँग युवा संवाद कार्यक्रम मेल्लेखमा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, असार ५, २०८३

मेल्लेख ।

समृद्ध मेल्लेखको आधार, विकास र बजेट निर्माणमा युवा सरोकार भन्ने मूल नाराका साथ अछामको मेल्लेख गाउँपालिकामा युवा सहभागिता संवाद र रुपान्तरण अन्तर्गत अध्यक्षसँग युवा कार्यक्रम मेल्लेखमा सम्पन्न भएको छ। मेल्लेख गाउँपालिकाको आयोजना, अछाम मिडिया नेटवर्कको सहजीकरण तथा आस्था नेपाल र वल्र्ड भिजनको साझेदारीमा उक्त कार्यक्रम विहिवार सम्पन्न भएको हो।

हाम्रो मेल्लेख राम्रा मेल्लेख भन्ने मूल संकल्पका साथ पालिकालाई सफा, स्वच्छ, स्वस्थ र समृद्ध बनाउने अभियान अन्तर्गत युवाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यो संवाद कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय तहको विकास प्रक्रिया, नीति तथा बजेट निर्माणमा युवाहरुको अर्थपूर्ण सहभागिता र भूमिकाका विषयमा सरोकारवालाहरु बीच गहन छलफल भएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउँदले पालिकाको समग्र विकासका लागि युवाहरुको ऊर्जा र रचनात्मक सुझाव अपरिहार्य रहेको बताउनु भयो। संवादका क्रममा स्थानीय युवाहरुले उठाएका जायज माग, आवश्यकता र योजनाहरुलाई आगामी बजेटमा प्राथमिकताका साथ समेट्ने प्रतिवद्धता समेत अध्यक्षले व्यक्त गर्नु भयो।

उहाँले भन्नु भयो युवाहरूको रचनात्मक सुझाव र सहभागिता विना समृद्ध मेल्लेखको सपना अधुरो रहन्छ। आगामी नीति तथा बजेटमा युवाका भावनालाई सम्बोधन गरिने छ। कार्यक्रममा पालिकाले पछिल्लो समय भौतिक तथा सामाजिक विकासमा मारेको महत्वपूर्ण फड्को र गौरवका आयोजनाहरुका बारेमा समेत जानकारी गराईएको थियो।

मेल्लेखले आफ्नै प्रशासनिक भवन निर्माण, पिच सडक, निर्माणाधिन आधारभूत अस्पताल, र बृहत लिफ्टिङ खानेपानी योजना, सबै वडाहरूमा बिजुली तथा इन्टरनेटको पहुँच विस्तार, ऐतिहासिक विमकोट दरबार, छोटी बढीमालिका (नन्दामाता मन्दिर), सुगर दह शहीद पार्क र सातमुल जस्ता गौरवमय सांस्कृतिक तथा प्राकृतिक धरोहरहरुको संरक्षण र विकास गर्दै अघि बढि रहेको छ।

युवाहरूलाई गाउँमै स्वरोजगार बनाउन पालिकाले अघि सारेका दूरगामी योजनाहरु बारे कार्यक्रममा जानकारी गराईएको थियो। पालिकाले एक घर दुई एभोकाडो अभियान तरकारी तथा फलफुल पकेट क्षेत्रको विकास जस्ता कार्यक्रम मार्फत जनताको जिवन स्तर उकास्ने काम भई रहेको पालीकाले जनाएको छ।

भौतिक विकाससँगै सामाजिक रुपान्तरणका लागि दलित, महिला र युवा क्लबहरूको परिचालन मार्फत समाजमा जरा गाडेर बसेका छाउपडी र बाल विवाह जस्ता कुप्रथा न्यूनीकरणका प्रयासहरुलाई तीव्र पारिएको पालिकाले जनाएको छ। सामाजिक सचेतना जगाउन युवा क्लबहरूको भूमिकालाई अझ सशक्त बनाईने निष्कर्ष कार्यक्रमले निकालेको छ।

यस्तै संवाद कार्यक्रमबाट स्थानीय सरकारको कार्य प्रणाली प्रति युवाहरुको बुझाई बढ्ने र सामाजिक कुरीति विरुद्ध युवा परिचालन थप व्यवस्थित हुने अपेक्षा पालिकाले राखेको छ। समृद्ध मेल्लेख निर्माणको यो साझा यात्रामा सम्पूर्ण युवा, अभियन्ता, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारण सबैलाई रचनात्मक सहयोग र सहभागिताका लागि मेल्लेख गाउँपालिकाले हार्दिक अपिल समेत गरेको छ।

सामाजिक विकास समिति संयोजक प्रेम महरको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष ज्वाला सिंह साउँद प्रमुख अतिथि रहनु भएको थियो। प्रशासकीय अधिकृत संगिता ताम्राकारले पालिकाको बजेट निमार्ण प्रक्रिया र भए गरेका विकास निमार्णको वारेमा जानकारी गराउनु भएको थियो भने प्रमुख प्रशासकिय अधिकृत धौलराम शार्की, २ नम्वर वडा अध्यक्ष कुशलराज बुढा, ५ नम्वर वडा अध्यक्ष प्रकाश अधिकारी, गैससकर्मी भ्वान सिह शार्की, जनता नमूना मावीका प्रधानाध्यापक नृप विक, सञ्चारकर्मीहरुले बजेटमा युवाहरुको सहभागिता हुनु पर्नेमा जोड दिदै सुझाव दिएका थिए। कार्यक्रममा स्थानीय युवाहरु, जनप्रतिनिधिहरु, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभातिगा रहेको थियो।

 

WhatsApp-Image-2026-06-19-at-3.48.07-PM-1781867635.jpeg

WhatsApp-Image-2026-06-19-at-3.50.37-PM-1781867633.jpeg

WhatsApp-Image-2026-06-19-at-3.48.07-PM-(1)-1781867634.jpeg

mellekha-1781867632.jpg


प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १८:३२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी सोमबार, भदौ १, २०८३
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक आइतबार, साउन २४, २०८३
अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक  साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन
अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन आइतबार, साउन २४, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार शुक्रबार, साउन २२, २०८३
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने बिहीबार, साउन २१, २०८३
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने बिहीबार, साउन २१, २०८३
सञ्चारकर्मी भण्डारीको देउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक
सञ्चारकर्मी भण्डारीको देउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक मंगलबार, साउन १९, २०८३
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु आइतबार, साउन १७, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्