Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
सुदूरपश्चिम
  • Home
  • सुदूरपश्चिम
  • नमूना गाउँपालिका बनाउन मेल्लेखमा एमालेलाई जिताउन आवश्यक: खड्का
नमूना गाउँपालिका बनाउन मेल्लेखमा एमालेलाई जिताउन आवश्यक: खड्का ‘कृषि कर्म नै आम्दानीको मूल मर्म’लाई आत्मसाथ गरिने
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, वैशाख १४, २०७९
भीम बहादुर खड्का

स्थानीय तहको चुनावका लागि अहिले अछामको मेल्लेख गाउँपालिकामा गठबन्धन र नेकपा एमाले बीच प्रतिस्पर्धा हुने देखिएको छ । काँग्रेस र नेकपा माओवादी बीच गठबन्धन भएको छ । देश भरी गठबन्धनमा रहेको नेकपा एस गठबन्धन भन्दा बाहिर छ । एमाले एक्लै चुनावी प्रतिस्पर्धामा देखिएको छ । एमालेका तर्फबाट अध्यक्षमा भीम बहादुर खड्का उम्मेद्वार बन्नु भएको छ । यस अघि माओवादीको नेतृत्वमा रहेको मेल्लेख गाउँपालिकामा एमालेले जिते पछि नयाँ के गर्छ ? तपाईलाई नै भोट किन हाल्ने ? हामीले अध्यक्षका उम्मेदवार भीम बहादुर खड्कासँग कुराकानी गरेका छौँ । 

एमालेका सबै प्रतिस्पर्धीलाई उछिनेर पालिकाको अध्यक्षको उम्मेद्वारका लागि तपाईले जिम्मेवारी पाउनु भयो । तपाईलाई भोट किन दिने ? 

पहिलो कुरा मैले सबै प्रतिस्पर्धीलाई उछिनेर टिकट पाएको होईन । सबै प्रतिस्पर्धीको सल्लाह र सहमतिमा टिकट पाएको हो । पार्टीको सल्लाह अनुसार अध्यक्षको दावेदार सबै जसो वडाको अध्यक्षमा उठ्नु भएको छ । हामी सामुहिक रुपमा गाउँ पालिका बनाउनु पर्छ भन्ने अभियानका साथ साझा रुपमा उभिएका छौँ ।

तपाईलाई नै भोट किन ? 

मलाई र नेकपा एमालेलाई भोट किन भने धेरै कारणहरु छन् । पहिलो कुरा देश भरीका ७५३ गाउँपालिका मध्ये पहिलो र नमूना गाउँपालिका बनाउनका लागि मेल्लेखमा एमालेलाई जिताउन आवश्यक छ । दोस्रो, समृद्ध मेल्लेख र खुसी मेल्लेखवासीको अवधारणालाई आत्मसाथ गरेर क्षेत्र अनुसार नविन र सृजनात्मक काम गर्नका लागि । 
तेस्रो, स्वास्थ्य, शिक्षा, विजुली, खानेपानी जस्ता नागरिका आधारभूत कुराहरुलाई निःशुल्क रुपमा पाउनका लागि । चौथो, उत्पादन सहितको ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउनका लागि । पाँचौ, आम्दानी र रोजगारीसँग हरेक परिवारलाई जोडेनका लागि, यस्ता दर्जनौ कारणहरु छन् ।

स्थानीय सरकारको राजनीतिक प्रणाली, आर्थिक प्रणाली, संस्कृति, शैक्षिक, स्वास्थ्य, भाषा, न्याय, शान्ति सुरक्षा लगायत समग्र विकासको लागि आधारभूत मान्यताहरु छन् । त्यही मान्यतालाई आत्मसाथ गर्दै हामी मेल्लेखमा विकासको नमुना मोडेल स्थापित गर्ने छौ । त्यसका लागि नेकपा एमालेको चुनाव चिन्ह सूर्य र मलाई भोट हाल्न मेरो अनुरोध हो । मलाई विश्वास छ, मेल्लेखका नागरिकले नागरिकमैत्री स्थानीय सरकार खोजेका छन् । हामी त्यसमा प्रतिवद्ध छौ ।

तपाईले दुईवटा प्रतिवद्धता भन्नु भयो, शिक्षा, स्वास्थ्य, विजुली निःशुल्क र नमूना विकास मोडेल ? त्यो सम्भव छ ?

सम्भावना मात्रै सयका सय प्रतिशत सम्भावना छ । हामीले यस अघिको स्थानिय सरकारले गरेको सबै कामको मसिनो गरि अध्ययन गरेका छौ । काम गर्ने तरिकालाई नजिकबाट हरेका छौँ । ती सबै विश्लेषण गरेर मैले भनि रहेको छु । मैले भनि रहेको कुरा केवल चुनावका लागि भोट आउला भनेर मात्रै भनेको होइन । म त मेल्लेख गाउँपालिकाको जिम्मेवार नागरिक पनि हुँ । त्यसकारण त्यो गर्नका लागि नै भनेको हो । कसरी सम्भाव होला भन्ने विषय उठ्न सक्छ त्यो चै यस अघि बनेको भौतिक विकासका कामको परिकल्पना, काम गर्ने तरिका फेर्नु पर्छ । त्यही विकासको नयाँ मोडलबाट यी सबैकुरा सम्भव हुन्छ । त्यति मात्रै होईन हामीले महिलाका लागि, जेष्ठ नागरिकका लागि अहिलेसम्म कुनै पालिका, संघीय सरकारले समेत नबनाएको नविन कार्यक्रम बनाउने छाँै । जसले खुसी मेल्लेखवासीको चित्र प्रष्ट देखिनेछ ।

यो त पाँच बर्ष भित्र गर्ने विषय होला । तपाईले जित्नु भयो भने तत्काल सुरु कसरी गर्नु  हुन्छ ?

तपाईले भन्नु भए जस्तो यो पाँच बर्षे रणनीति त हो तर, काम जितिको तीन महिना भित्र सुरु हुन्छ । हामी पालिकाको बजेट बनाउने प्रणाली नै फेर्छौँ । विकासको र कामको बार्षि र पाँच बर्षे क्यालेण्डर बनाउछौँ । अहिले भोट माग्न गएजसरी नै हरेक वडाका नागरिकसँग काम र विकासको कुरा गर्न साक्षात्कार गछौँ । नेता, वडा अध्यक्षले सोचेर होइन, नागरिकले आबश्यकताका आधारमा भनेका योजनालाई अन्तिम रुप दिन्छौ । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक जस्ता सेवा प्रवाह र विकास निर्माणसँग सम्बन्धित कामलाई एकद्वार प्रणालीमा आधारित एकीकृत सेवा केन्द्र स्थापना गरेर कामको तरिका नयाँ अपनाउँछौँ । ५ महिना भित्र हरेक वडामा विकास लागि पाँच बर्षे गुरुयोजना बनाएर विकासको नयाँ मोडेललाई नागरिकको सहमतिमा पारित गर्छौँ  ।
म मेल्लेख गाउँपालिकाको नागरिक हुँ भन्ने गर्वल गर्ने गरि नागरिक तहमा म मेल्लेखको नागरिक हुनुमा गर्व छ भन्ने विषेश पहिचानको कार्यक्रम स्थापित गर्ने छौँ । सबै वडा र विद्यालयलाई प्राविधक रुपमा नयाँ तरिकारले जोड्छौँ । म दावीका साथ भन्छु त्यस्ता कति काम छन् जो देश भरीका पालिकामा भएका छैनन्। हाम्रो पालिकामा त सायद गठबन्धनका दल नेताले सोचेका पनि छैनन होला ।

तपाईले विकासमा उपभोक्तालाई जोड्ने भन्नु भएको छ, तपाईलाई ठकेदार उम्मेदवार भन्नेर आलोचना गरेको सुनिन्छ नी ?

हो हिजो सम्म म बोलिचालिको भाषामा भनिने ठकेदार तर मेरो भाषामा विकाससंग जोडिएको व्यवसाय हुँ । त्यही भएर नै मैले विकास र उपभोक्ता वा नागरिकको सहभाविगता, साझेदारीको कुरा उठाई रहेको छु । भौतिक विकासको काम कसरी हुन्छ भन्ने नजिकबाट छामेका कारणले मै तरिका बदल्छु भनि रहेको छ । तपाईले मेल्लेखका सडक देखि भौतिक विकासको काम पल्टाएर हेर्नुहोस्, लाटाको नाममा वाठाको रजाई भई रहेको छ । डोर हाजिरीमा ८०÷९० हजार बुझेर लिएको देखिन्छ, तर वास्तवमा त्यो कामको वारेमा त्यो व्यक्तिलाई थाहा नै छैन । हाजिर नक्कली छ । मेरो वडाको एउटा दलित वस्तिका दर्जनौ व्यक्ति कसैको ऋणको बन्धकमा बसेका भन्ने सुनिन्छ । त्यस्ता कुरा म अन्त्य गर्छु । म ठकेदार नेता होइन, विकास बुझेको अहिले त्यो व्यवसाय छाडेको निष्ठावान, इमान्दार व्यक्ति हुँ भन्ने मेरो दावी हो ।

तपाईले हरेक घरलाई आम्दानीसँग जोड्छु भन्नु भयो नी त्यो कसरी ?

अहिले हामीसँग सम्भावना छ तर त्यो सम्भावनालाई बाटो देखाउने व्यक्तिको अभाव छ । हामी भौतिक विकास भन्दा उत्पादन र सेवालाई प्राथमिकता दिनेछौ । एक टोल एक उत्पादनको रणनीतिलाई नीतिगत रुपमा कार्यान्वयनमा ल्याईनेछ । कृषिलाई विशेष प्राथमिकतामा राखेर गाउँ अनुसार उत्पादनको पकेट क्षेत्र बनाइने छ । ‘कृषि कर्म नै आम्दानीको मूल मर्म’लाई आत्मसाथ गरि हरेक परिवारलाई कृषिबाट आम्दानीमा जाड्ने गरि नयाँ कार्यक्रम ल्याईनेछ । उत्पादक, सरकार र सहकारीलाई जोडेर किसानको उत्पादनलाई बजारिकरणको सबै जिम्मा पालिकाले लिनेछ । किसानले बारीमा काम गरे पुग्छ । बारीमा काम गर्ने जनशक्तिको व्यवस्थापनमा पनि पालिकाले सहयोग गर्नेछ । कृषिलाई उद्योगसँग जोडेर एक वडा एक कृषि उद्योग कार्यक्रम सञ्चालन गरिनेछ । कृषि पहिलो प्राथमिकता हुनेछ । अर्को अघि मैले भनेको भौतिक विकासमा नागरिकलाई नयाँ तरिकाले जोडिने छ । मेरो आग्रह छ, मेल्लेखका वासिन्दाले नीति, कार्यक्रम हेरेर भोट हाल्ने छन् । हामी, दलित समुदायका सवालमा पनि समृद्धि र सीपसँग जोडेर फरक प्रकृतिको कार्यक्रम ल्याउँछौँ ।

मेल्लेख गाउँपालिकामा नेकपा एमालेले चुनाव जित्छ त ?

मेल्लेखमा नेकपा एमालेले चुनाव जित्छ । हिजोको स्थानिय तहको चुनाव हुँदा पनि नेकपा एमालेले चुनाव जित्नु पर्ने हो । तर, जित्दा जित्दैको चुनाव हारियो । कार्यपालिकामा हाम्रो बहुमत छ, नेतृत्वमा हामीले चुनाव हार्यौ । यस पटक त्यसबाट पाठ सिकेर हामी अगाडी बढ्छौँ । एमाले फुटेको छ नी भन्ने प्रश्न आउला । हो फुटेको छ त्यसको असर पक्का पर्छ ।

तर, नेकपा माओवादी र नेपाली काँग्रेसबाट पनि एमालेमा जोडिनु भएको छ । अर्को कुरा हामीलाई विश्वास छ, हाम्रा कार्यक्रम, योजना हेरेर हामीलाई नागरिकले भोट दिनु हुनेछ हामी जित्ने छौँ भन्नेमा हामी विश्वस्थ मात्रै होईन ढुक्क छु ।


प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा बिहीबार, फागुन १४, २०८२
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न  सोमबार, फागुन ११, २०८२
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न बिहीबार, माघ १५, २०८२
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न  बिहीबार, माघ १५, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्