Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • बालेन सरकारका १५ मन्त्रीको प्रोफाईल
बालेन सरकारका १५ मन्त्रीको प्रोफाईल
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, चैत १३, २०८२

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।प्रधानमन्त्री शाहको सरकारमा उनी सहित १५ जना मन्त्री छन्। उनीहरू सबैले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।

स्वर्णिम वाग्ले - अर्थ मन्त्री

नवनियुक्त अर्थ मन्त्री स्वर्णिम वाग्ले तनहुँ-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपभापति पनि हुन्। वाग्लेले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यवारिधि गरेका छन्।

वाग्लेसँग राष्ट्र संघीय विकास कार्यक्रम (युनडिपी) को एसिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकारका रुपमा काम गरेको अनुभव छ। उनले सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडिएस), विश्व बैंक र काठमाडौं विश्वविद्यालयमा पनि आबद्ध भएर काम गरेका थिए।

वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा सक्रिय हुनु अघि नेपाली कांग्रेसमा आबद्ध थिए। उनलाई शेर बहादुर देउवाले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका थिए। वाग्ले देशको आर्थिक नीति योजना कार्यक्रम र वैचारिक विमर्शहरुमा सक्रिय रहँदै आएका छन्। २०७२ सालको महाभूकम्प पछि पुनर्निर्माणका लागि क्षति आकलन गर्ने र अन्तर्राष्ट्रिय सहयोग जुटाउने काममा उनले भूमिका खेलेका छन्।

उनले लन्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेका छन्। सन् २०२२ मा उनले क्याम्ब्रिज युनिभर्सिटीको 'द ग्रेट अपहिभेलु' को सह-सम्पादकका रुपमा काम गरेका थिए। वाग्लेले नेपालमा अर्थतन्त्र सुधारको क्षेत्रमा वकालत गर्दै आएका छन्। उनले आउँदो पाँच-सात वर्ष भित्रै नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) एक सय अर्ब रुपैयाँ बनाउनु पर्ने धारणा राख्दै आएका छन्।

फागुन २१ को निर्वाचन अघि नै वाग्लेलाई रास्वपा सभापति रवि लामिछानेले भावी अर्थ मन्त्रीका रुपमा प्रचार गरेका थिए। साथै, बजेट लेख्न तयारी गर्न निर्देशन दिएका थिए। उनले विगतमा प्रतिनिधि सभाका बैठकहरुमा विकृत निर्माण व्यवसायी र खराब राजनीतिज्ञको नेक्सस तोड्नु पर्ने तर्क गर्दै आएका छन्। निजी क्षेत्रलाई खुम्च्याईएको र उत्पादनमूलक क्षेत्रमा लगाउन सकिने पुँजी सरकारले सोसेर अनुत्पादक क्षेत्रमा प्रयोग गरेको बताउने गरेका छन्।

२०७५ सालको सार्वजनिक क्षेत्र पुनरावलोकन गर्ने आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु पर्नेमा उनको जोड छ। यसमा विकास समिति ऐन र परिषदहरु खारेज वा मर्जर गर्नु पर्ने धारणा राख्ने गरेका छन्।

शिशिर खनाल - परराष्ट्र मन्त्री

प्रधानमन्त्री बालेन शाहले काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद शिशिर खनाललाई परराष्ट्र मन्त्री नियुक्त गरेका छन्। यस अघि २०७९ सालको चुनाव पछि सरकारमा पुगेको रास्वपाले त्यति बेला खनाललाई शिक्षा मन्त्री बनाएको थियो।

काठमाडौंको गोंगबु घर भएका खनालले सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेका थिए। त्यस पछि त्रिचन्द्र कलेजबाट आईएसी पढेका खनालले राजनीतिक अर्थशास्त्रमा अमेरिकाको बृजपोर्ट विश्वविद्यालयबाट स्नातक गरे। अमेरिकाकै युनिभर्सिटी अफ विस्कन्सिनमा सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्केका खनालले सुरुमा सर्वोदय अभियानमा काम गरेका थिए।

उनले सन् २०१२ मा टिच फर नेपाल स्थापना गरे। यो संस्थाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न स्वयंसेवी शिक्षकलाई दुर्गमका गाउँ गाउँ पठाउने काम गरेको थियो। त्यस बाहेक शिक्षकहरुलाई आवश्यक पर्ने तालिम दिने लगायतका काम पनि यो संस्थाले गर्थ्यो।

अमेरिकामा पढ्दा अन्तर्राष्ट्रिय विद्यार्थीबाट कलेज सिनेटर भएका उनले कनेक्टिकट राज्य सभा (प्रदेश संसद) का सिनेटरसँग काम गरेका थिए। सिनेटरको निर्वाचन क्षेत्रका मुद्दा पहिचान र नीति बनाउन सहयोग गरेको अनुभव उनीसँग छ। नेपाल फर्केर शिक्षा क्षेत्रमा काम गरेका खनालले २०७९ सालको स्थानीय निर्वाचन क्रममा नेपाली कांग्रेसको घोषणा पत्र बनाउने कार्य दलमा थिए।

२०७९ सालमा काठमाडौं ६ बाट संसदीय चुनाव लड्ने तय गरेका खनाल पछि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिए। पहिलो पटक लडेको संसदीय चुनावमै उनी आफ्ना प्रतिस्पर्धीसँग फराकिलो मतान्तरले जितेका थिए। त्यति बेला उनको पार्टी रास्वपाले २१ सिट जितेको थियो। चुनाव पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने भयो। सभापति लामिछाने उपप्रधान तथा गृह मन्त्री भएर सरकारमा जाँदा शिक्षा क्षेत्र सुधारका लागि काम गरेको अनुभव भएका खनाल शिक्षा मन्त्री भएका थिए।

उनले सांसदको तीन वर्षे कार्य कालमा अन्तर्राष्ट्रिय समिति सदस्यका रुपमा पनि काम गरेका थिए। उनी तत्कालीन समयमा उठेका समसामयिक राजनीतिक तथा सामाजिक मुद्दा बारे संसदको शून्य समयमा उठेर प्रश्न गरि रहने सांसदमा पर्छन्। उनले आफ्ना सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोप लागे पछि त्यसको छानबिन गर्न बनेको समितिमा बसेर पनि काम गरेका थिए।

सुधन गुरुङ - गृह मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका सुधन गुरुङ गृह मन्त्री बनेका छन्। ३८ वर्षीय उनी गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिवास स्थित पाङसिङ गाउँका हुन्। उनको परिवार पनि राजनीतिक पृष्ठभूमिकै हो।

उनका बुबा दिल बहादुर गुरुङ तत्कालीन माओवादीमा आबद्ध थिए भने समाज सेवामा समेत सक्रिय थिए। सुधनले हामी नेपाल का संस्थापक अध्यक्ष भएर सामाजिक क्षेत्रमा काम गरेका थिए। २०७२ सालको भुइँचालो बेला उनले राहत तथा उद्धार क्षेत्रमा काम गरेका थिए।

भदौ २३ को जेनजी आन्दोलन क्रममा पनि सुधन सहभागी थिए। त्यस पछि उनको नाम चर्चामा आएको थियो। उनले त्यस बेला आफूले पानी बाँड्ने, ब्यानरहरु बनाउने र एम्बुलेन्स व्यवस्थापनको काम गरेको बताएका थिए।

जेनजी आन्दोलन पछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार नबनुन्जेलसम्म सुधनले समन्वयकारी भूमिका खेलेका थिए। उनले पटक पटक राष्ट्रपति कार्यालय पुगेर छिटो प्रधानमन्त्री नियुक्त गर्न भनेका थिए। प्रधानमन्त्री बने पछि सुशीला कार्कीले सुधनलाई जेठो छोरा समेत भनेकी थिईन्।

सुधन २०४४ साल असार २५ गते जन्मिएका हुन्। उनी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समयकै बेला रास्वपामा सक्रिय भएका थिए। त्यस अघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह बीच संवाद गराउने भूमिकामा उनी पनि सक्रिय थिए।

ललितपुर स्थित कुमार बेनको घरमा रवि र बालेनलाई छलफलमा राखेर गुरुङले कुरा नमिल्दासम्म बाहिर निस्कन नदिन आफू सेन्ट्री बसेको समेत भनेका थिए। पछि तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङ र उनी निकट दल उज्यालो नेपाललाई रास्वपामा समाहित गराउने भूमिकामा पनि सुधनको सक्रिय भूमिका थियो। यद्यपि कुलमान रास्वपामा बसेनन्, उज्यालो नेपाल पार्टी अध्यक्ष बने र चुनाव लडे।

सुधनले आफू प्रतिनिधि सभा सदस्य निर्वाचित भए पछि सेवा सुविधा नलिने बताएका थिए। रास्वपाले राखेको अभिमुखीकरणमा सहभागी भएका बेला उनले सेवा सुविधा नलिने बताएका हुन्।

‘म त तलब खान्नँ नि किन तलब खानु र ‘नखाने, किन तलब खानु जरुरी छ ररु सक्षम छौं,’ उनले भनेका थिए। चुनावी प्रचार गर्दा सुधनले गोरखाका कतिपय ठाउँहरुमा बोल्ने क्रममा आफू गृह मन्त्री बन्ने समेत बताएका थिए। गृह मन्त्री हुने सर्तमा आफू रास्वपाको घन्टी चिह्नमा चुनाव लडेको उनको जिकिर थियो।

विराजभक्त श्रेष्ठ - ऊर्जा मन्त्री

नवनियुक्त ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। २०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेश सभा सदस्य भएका विराज २०७९ सालमा प्रतिनिधि सभामा चुनिएका थिए। उनी रास्वपा सरकारमा सहभागी भएका बेला युवा तथा खेलकुद मन्त्री भएका थिए। यस पटक उनले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

श्रेष्ठले वाणिज्य तथा व्यापार प्रशासनमा स्नातकसम्म अध्ययन गरेका छन्। श्रेष्ठ उज्ज्वल थापा नेतृत्वको विवेकशील राजनीतिबाट आएका हुन्। उनले काठमाडौं महानगरमा विवेकशील पार्टीको संगठन विस्तारको काम गरेका थिए। उनी विभिन्न राजनीतिक तथा सांस्कृतिक अभियानमा संलग्न थिए। विराज जनता समाजवादी पार्टीका नेता शरत सिंह भण्डारीको ज्वाइँ समेत हुन्।

विराजसँग अस्पताल व्यवस्थापनको जिम्मेवारी सम्हालेको अनुभव छ। उनी तिकिझ्या रेस्टुरेन्ट, मुनस्टे लज, लिटल विंग्ज लज, ग्रीन भेन्चर्ज प्रालि, बर्दिबास होप हस्पिटल लगायत संस्थामा आबद्ध छन्।

सोबिता गौतम - कानुन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य सोविता गौतम कानुन मन्त्री बनेकी छन्। चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लडेर भरतपुर महानगरकी पूर्व मेयर रेनु दाहालाई हराएकी गौतमले ५९ हजार २७७ मत प्राप्त गरेकी थिईन्।

राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक चुनाव लड्दा गौतम काठमाडौं २ मा उम्मेदवार थिईन्। पहिलो पटकमै चुनाव जितेकी गौतमले त्यति खेर पूर्व सभामुख समेत रहेकी ओनसरी घर्तीलाई पराजित गरेकी थिईन्। राजनीतिमा आउनु अघि उनी सञ्चार क्षेत्रमा काम गर्थिन्। उनले नेपाल टेलिभिजनमा स्वास्थ्य सरोका जस्तो स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाउँथिन्।

गौतम कानुनकी विद्यार्थी हुन्। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेसनल कलेजबाट बिए एलएलबी गरेकी छन्। तीन वर्षे संसदको कार्यकालमा सोबिताले संसदको कानुन, न्याय र मानव अधिकार समिति सदस्य भएर काम गरेकी थिईन्। नेपालबाट इन्टर पार्लियामेन्टरी युनियन सदस्य बनेकी उनी स्वास्थ्य समिति सदस्यमा निर्वाचित भएकी थिईन्।

उक्त युनियनमा स्वास्थ्य र समावेशी नीति निर्माणमा नेपालको प्रतिनिधित्व गरेकी थिईन्। तीन वर्षे कार्य कालमा उनले भूमि, अर्थ, शिक्षा, स्वास्थ्य लगायत विभिन्न कानुन सुधार गर्न विधेयकहरुमा संशोधन प्रस्ताव हालेकी थिईन्।

बिक्रम तिमल्सिना - सूचना तथा सञ्चार मन्त्री

बालेन सरकारमा सूचना तथा सञ्चार मन्त्री नियुक्त बिक्रम तिमल्सिना नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरी प्रतिनिधि सभा सांसद भएका हुन्। तिमल्सिनाले २२ हजार ६०९ मत ल्याएका थिए। उनी रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यरत छन्।

पञ्चकन्या गाउँपालिका बानियाटारका ४३ वर्षीय उनले विधावारिधी (पिएचडी) गरेका छन्। उनले अस्ट्रेलियाको ग्रेफथ विश्वविद्यालयको स्कुल अफ गभर्मेन्ट एन्ड इन्टरनेसनल रिलेशनबाट पिएचडी गरेका हुन्। उनले राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका थिए। त्यस्तै, क्विन्सल्यान्ड विश्वविद्यालयबाट पनि अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट उनले अंग्रेजीमा पनि स्नातकोत्तर गरेका छन्।

तीन वर्ष देखि उनले त्रिवि अन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल एकेडेमीमा सशस्त्र प्रहरी अधिकृतहरुको लागि पोस्ट ग्र्याजुएट डिप्लोमा अन्तर्गत सुरक्षा व्यवस्थापन अध्यापन गराउँथे। उनले पछिल्लो समय त्रिविको मानविकी संकाय अन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण शिक्षामा पनि अध्यापन गराउँथे।

एसियन इन्स्टिच्युट फर एड्भान्स्ड रिसर्चमा अध्यक्ष तथा अनुसन्धान फेलोका रूपमा काम गरेको उनको अनुभव छ। उनले नेपालमा अपांगता भएका व्यक्तिहरूको वित्तीय समावेशीकरण सम्बन्धी प्रोजेक्टमा प्रमुख अनुसन्धानकर्ता र लेखकका रुपमा काम गरेका थिए। उनले सञ्चारकर्मीका रुपमा पनि काम गरि सकेका छन्। उनले रेडियो सगरमाथामा सञ्चारकर्मीका रुपमा काम गरेका थिए।

सीता वादी - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

सुर्खेतको झुप्रा खोलाको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने बादी समुदायकी सीता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी थिईन्। उनी मन्त्री बनेसँगै पहिलो पटक देशको सर्वोच्च थलोमा सीमान्त वादी समुदायको प्रतिनिधित्व भएको छ। २९ वर्षीया सीता वादी दलित महिला क्लस्टरबाट सांसद बनेकी थिईन्।

उनी २०५२ सालमा वीरेन्द्रनगर-११ को अस्थायी बस्तीमा जन्मिएकी थिईन्। छुवाछूत र सामाजिक बहिष्कारको तीतो अनुभव बीच हुर्किएकी उनले बाल्यकालमा गरिबी र अभाव सामना गर्नु पर्‍यो। भूमिहीन वादी समुदायका लागि शिक्षा पाउनु अधिकार नभई ठूलो संघर्ष र उपलब्धिको विषय थियो। अहिले पनि छँदैछ।

१२ वर्षको किशोर वयमा एक सामाजिक संस्थाको सहयोगमा विद्यालय टेक्ने अवसर पाएकी उनले हातमुख जोड्ने कि पढ्ने भन्ने द्वन्द्व र दुबिधा बीच आफ्नो अध्ययनलाई अघि बढाएकी थिईन्। आफ्नो समुदाय सधैं किन पछाडि पारिन्छ र संविधान अनुसारको समानता व्यवहारमा किन लागू गरिँदै भन्ने प्रश्नको उत्तर खोज्न उनले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी छन्।

मैले राजनीतिशास्त्र पढ्नु संयोग मात्र थिएन, यो मेरो समुदायको अस्तित्व खोज्ने असल प्रयास थियो, उनले भन्ने गरेकी छन्। पत्रकारिता र सामाजिक कार्यमा सक्रिय रहँदै उनी रास्वपाको राजनीतिमा जोडिएकी हुन्। मन्त्री बनेसँगै आफ्नो समुदायको उत्थान र विकासका लागि प्रयत्नशील रहनु त छँदैछ, देशका महिला, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था सुधार्न कम्मर कस्नु पर्ने अभिभारा छ।

सस्मित पोखरेल - शिक्षा, युवा तथा खेलकुद मन्त्री

काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सस्मित पोखरेल शिक्षा, युवा तथा खेलकुद मन्त्री बनेका छन्।उनी कांग्रेस-एमालेका हेभीवेट उम्मेदवारहरुलाई पराजित गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका हुन्। उनले काठमाडौं-५ मा उम्मेदवार रहेका कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल र राप्रपा नेता कमल थापालाई पराजित गरेका थिए। रास्वपामा बालेन शाह जाँदा उनी केन्द्रीय सदस्य भएका थिए।

कानुन तथा नीति निर्माणमा विशेष चासो राख्ने २९ वर्षीय सस्मितले काठमाडौं विश्वविद्यालयबाट कानुन तथा व्यवस्थापनमा स्नातक गरेका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा नीति, सुशासन तथा भ्रष्टाचार निवारण विषयमा स्नातकोत्तर गरि रहेका छन्। उनी १८ वर्ष उमेरमा उज्ज्वल थापा नेतृत्वको विवेकशील अभियानसँग जोडिएका थिए।

म पहिले देखि नै राजनीतिक दल र नेताहरुलाई फलो गर्थेँ। उनीहरु बारे सैद्धान्तिक कुरा धेरै हुन्थ्यो। अरु पार्टीका पनि कैयन नेता मलाई राम्रै लाग्थ्यो। विवेकशीलले भने मूल्य, मान्यता, पारदर्शिता र उत्कृष्ट पद्धतिको कुरा गरेको पाएँ। मलाई त्यो राम्रो लाग्यो, सस्मितले भनेका थिए, त्यति खेर उज्ज्वल दाईले नै हो, एकदमै प्रेरणा दिएको।

२०७४ सालको स्थानीय चुनावमा रञ्जु दर्शना विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी थिईन्। सस्मितले रञ्जुको चुनावी प्रचार टोलीमा संलग्न भएर काम गरेका थिए। स्थानीय चुनाव पछि रवीन्द्र मिश्रको साझा पार्टीसँग विवेकशीलको एकता भयो। त्यति बेला सस्मित केन्द्रीय सदस्य भए। त्यसै वर्ष भएको संसदीय निर्वाचनमा उनले थापा र मिश्र दुवैको चुनावी अभियान टिममा बसेर काम गरे।

२०७६ सालमा कोभिड महामारीमा परेर उज्ज्वल थापाको निधन भए पछि विवेकशील साझा पार्टी भित्र आन्तरिक समस्या सुरु भयो। त्यसै बीच रवीन्द्र मिश्र राजनीतिक मार्ग परिवर्तन गरेर राप्रपामा गए। विवेकशील छुट्टै दल बन्यो। सस्मित भने यी दुवै तिर लागेनन्।

उनले २०७९ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका बालेन शाहलाई सघाए। उनको घोषणा पत्र लेखन देखि चुनावी अभियानमा समेत काम गरे। त्यस पछिको संसदीय चुनावमा सस्मितले प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिए। त्यति खेर उनले १०५२ मत पाएका थिए। प्रदेश सभाको चुनाव पछि उनले काठमाडौं महानगरपालिकामा बालेनको टिममा सहरी योजना सम्बन्धी सहायक विज्ञका रुपमा काम गरे।

महानगरमा हुँदा उनले शिक्षा सम्बन्धी नीति निर्माणमा पनि काम गरेका थिए। काठमाडौं महानगरले दिँदै आएको छात्रवृत्ति कार्यक्रममा पनि उनी लगायतको टिमले नै काम गरेको थियो। उनले केही समय अघि कुरा गर्दा शिक्षाको गुणस्तर सुधार गर्ने पहिलो प्राथमिकता रहेको बताएका थिए।

प्रतिभा रावल - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहप्रवक्ता प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बनेकी छन्। रास्वपाबाट समानुपातिक सांसद बनेकी रावल पहिलो प्रयासमै कार्य पालिका पुगेकी हुन्। यस अघि उनको नाम सभामुखमा चर्चामा थियो। तर पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायत नेताहरुको सहमतिमा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी हुन्।

रावल पार्टी सभापति रवि लामिछानेको सचिवालयमा समेत थिईन्। पार्टी सभापति लामिछाने गृह मन्त्री बनेकै बेला देखि उनी सचिवालयमा थिईन्। उनीसँग निकट रहेर कार्य सम्पादन गरेकी थिईन्।कञ्चनपुर, महेन्द्रनगरकी स्थायी बासिन्दा रावल पत्रकारिता पृष्ठभूमिकी हुन्। नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका हुँदै उनी पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा संलग्न थिईन्। उनीसँग साउथ एसिया फ्याक्ट चेकमा काम गरेको पनि अनुभव छ। रास्वपा गठनको सुरुआत देखि नै उनी पार्टीमा आबद्ध थिईन्।

गनेश पौडेल - पर्यटन तथा संस्कृति मन्त्री

पर्यटकीय नगरी पोखराका लेखक गनेश पौडेल बालेन शाह नेतृत्वको मन्त्री मण्डलमा पर्यटन तथा संस्कृति मन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की-१ को प्रत्यक्ष चुनाव जितेका पौडेल पोखराको मझेरी पाटनका बासिन्दा हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्। उनका दुई किताब प्रकाशित छन्-पैताला र मुसा मानुस। पैताला उनको आफ्नै उपन्यास हो भने ‘मुसा मानुस’ अमेरिकी लेखक जोन स्टेनबेकको कृति अफ माईक एन्ड मेन को अनुवाद हो।

गनेशले यस अघि २०७९ सालको स्थानीय निर्वचनमा पोखरा महानगरको स्वतन्त्र मेयरमा उम्मेदवारी दिएका थिए। सार्वजनिक सम्पत्ति, फेवाताल संरक्षण र सिंगो पोखराको विकासमा पुराना दलले काम गरेको चित्त नबुझे पछि आफूले उम्मेदवारी दिएको बताएका थिए। त्यति खेर उनले शिक्षा सुधारको विषयलाई पनि प्रमुखताका साथ उठाएका थिए।

त्यति बेला काठमाडौं महानगरका मेयर उम्मेदवार बालेन शाहले पाएको लौरो नै उनको पनि चुनाव चिह्न थियो। काठमाडौंमा बालेन मेयर भए तर पोखरामा गनेश पराजित भए। त्यति बेला उनले ३ हजार ३० मत ल्याएका थिए।

चुनाव पछि काठमाडौंका मेयर बनेका बालेन शाहलाई उनले नजिकबाट सहयोग गरेका थिए। बालेन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँग गनेश पनि आए। त्यस पछि उनले कास्कीको टिकट पाएका हुन्। यस पालिको संसदीय निर्वाचनमा कास्की-१ बाट गनेसले ३९ हजार ८८३ मत ल्याए। पहिलो पटक चुनाव जितेका र लेखकको पहिचान बनाएका गनेशलाई बालेनले पर्यटन मन्त्री बनाएका हुन्।

गीता चौधरी - कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री

कञ्चनपुरकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री बनेकी छन्। साधारण थारु परिवारमा जन्मिएकी गीता निरन्तर संघर्षको जगमा देशको कार्य पालिकामा पुगेकी हुन्। उनको सफलताको कथा प्रेरणादायी र अनुकरण योग्य छ।

गीताका अनुसार उनको बाल्यकाल आर्थिक अभावमा बित्यो। साहु काढ्दै पढ्नु पर्ने अवस्था थियो। उनले कानुन संकायमा स्नातकोत्तर गरेकी छन्। पछिल्लो समय उनको छवि कानुन वेत्ताका रुपमा थियो। उनी दीनहीनहरुको अधिवक्ता समेत थिईन्।

कञ्चनपुरकी स्थायी बासिन्दा उनी आफ्नो क्षेत्रका १५० भन्दा बढी गरिब, दलित र सीमान्तकृत नागरिकलाई आई परेको कानुनी झमेलामा परामर्श दिईन्। विशेष गरी आर्थिक रुपमा कमजोर रहेकाले व्यहोरि रहेका जग्गा विवाद र घरेलु हिंसाका मुद्दामा उनले कानुनी सहायता प्रदान गरिन्।

राजनीतिक रूपमा उनी २०६२–०६३ को आन्दोल पछि जोडिएकी हुन्। तत्कालीन समयमा उनी नेकपा एमालेमा आबद्ध थिईन्। अनेरास्ववियुबाट उनको राजनीतिक यात्रा आरम्भ भएको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले एमाले त्याग गर्दै तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेकी थिईन्। तर पराजित भईन्।

भूमिहीन समस्या समाधान, सुकुमबासी र आरक्ष पीडितलाई लालपुर्जा दिलाउन पहल गर्ने, सरकारी विद्यालयमा डिजिटल ल्याब बनाउने र किसानलाई समयमै मल–बिउ उपलब्ध गराउने लगायत उद्देश्य बोकेकी चौधरी अब यी कुरा सम्बोधन गर्ने ठाउँमा पुगेकी छन्।

सुनिल लम्साल - भौतिक, पूर्वाधार तथा यातायात मन्त्री

रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सुनिल लम्साल भौतिक, पूर्वधार तथा यातायात मन्त्री भएका छन्। उनी रुपन्देही-१ मा ५४ हजार ८४५ मत प्राप्त गरी निर्वाचित भएका थिए। तिलोत्तमा नगरपालिका वडा नम्बर ७ घर भएका ३५ वर्षीय उनी पूर्वाधार क्षेत्रमा काम गर्दै आएका इन्जिनियर हुन्। उनी प्रधानमन्त्री बालेन शाहका साथी समेत हुन्।

काठमाडौं महानगरपालिकामा शाह मेयर हुँदा उनले सचिवालयमा रहेर पूर्वाधार सल्लाहकारका रुपमा काम गरेका थिए। उनले फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र शहरी अनुशासनलाई केन्द्रमा रहेर काम गरेको सचिवालयले जनाएको छ।

उनले हाल काठमाडौं विश्वविद्यालयबाट फोहोर व्यवस्थापनमा विधावारिधि अध्ययनरत छन्। उनले लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभल इन्जिनियरिङ गरेका थिए। उनी उक्त कलेजको स्ववियु सभापति समेत निर्वाचित भएका थिए। त्यस्तै उनको २०६२/६३ जनआन्दोलनमा सक्रिय सहभागिता रहेको पनि सचिवालयले जनाएको छ। त्यस्तै, भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायतका योजनामा समेत काम गरेका छन्।

निशा मेहता - स्वास्थ्य तथा जनसंख्या मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्। बालेन शाह नेतृत्वको मन्त्री मण्डलमा मेहता स्वास्थ्य मन्त्री बनेकी हुन्। उनी सुनसरीको इनरुवाकी हुन्। रास्वपा केन्द्रीय सदस्य समेत रहेकी उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिईन्। उनको नाम समानुपातिक तर्फ पार्टीले २०७९ को निर्वाचनमा पनि राखेको थियो तर सांसद भईनन्। दोस्रो प्रयासमा उनी समानुपातिकबाटै सांसद बनेकी हुन्।

उनी रास्वपामा स्थापना काल देखि नै सक्रिय थिईन्। उनी २०४४ साल साउन २२ गते इनरुवामा जन्मेकी थिईन्। उनले भारतको ग्वालियर स्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छन्।मेहताले विराट टिचिङ अस्पतालमा काम पनि गरेकी थिईन्। प्रतिनिधि सभा सांसद निर्वाचित भए पछि उनले उक्त काम छाडेकी हुन्।

उनले नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको प्रशासन सचिवका रुपमा स्वास्थ्य शिविर सञ्चालनमा पनि भूमिका खेलेकी थिईन्। मेहताका श्रीमान डा. सरोज सिंह हुन्। प्रहरी नायव उपरीक्षक सरोज कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख छन्।

दीपक साह - श्रम मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन्। उनले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाईनान्सिङमा स्नातकोत्तर गरेका छन्। साह महोत्तरी-२ बाट निर्वाचित सांसद हुन्।

नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन्। उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष समेत हुन्। सेतोपाटीबाट


प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम घुघुरकोटमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न शनिबार, जेठ २, २०८३
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम बिहीबार, वैशाख २४, २०८३
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न बिहीबार, वैशाख २४, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा बुधबार, वैशाख २३, २०८३
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न बुधबार, वैशाख २३, २०८३
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु सोमबार, वैशाख २१, २०८३
मंगलसेनका जनप्रतिनिधि र कर्मचारीलाई याेजना तर्जुमा सम्बन्धि अभिमुखिकरण
मंगलसेनका जनप्रतिनिधि र कर्मचारीलाई याेजना तर्जुमा सम्बन्धि अभिमुखिकरण शुक्रबार, वैशाख १८, २०८३
लोकप्रीय
  • Week
  • Month
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्