साँफेबगर ।
सहिद दिवसको अवसरमा साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहको आयोजनामा सरसफाइ अभियान सम्पन्न भएको छ।
सरसफाइ अभियानमा १९ वटा डस्टबिन तथा २० वटा राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ । कार्यक्रम अन्तर्गत नुनेपानीदेखि लुङ्रेली गाडसम्मको सडक क्षेत्रको फोहोर संकलन तथा व्यवस्थापन गरिएको थियो।
वडा कार्यालय जाल्पादेवीको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा देश तथा विदेशमा बस्नुहुने दाजुभाइहरूको आर्थिक सहयोगमा ३० हजार रुपैयाँभन्दा बढी रकम संकलन गरिएको थियो।
सरसफाइ कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष सेतमान कुवरले गर्नुभएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय साफेबगरका प्रतिनिधि , नेपाल प्रहरी बैजनाथका कर्मचारी, वडाका जनप्रतिनिधि तथा सम्पूर्ण गाउँवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साथै आजदेखि सडकमा फोहोर फाल्न नपाइने व्यवस्था लागू गरिएको र फोहोर फालेको पाइएमा जरिवाना तोकिने सम्बन्धमा स्थानीयलाई जानकारी गराइएको थियो ।
बागभिडी पिपलतोला युवा समूहका अध्यक्ष मनिश बुढाको नेतृत्वमा सञ्चालन गरिएको सरसफाइ अभियान कार्यक्रमको सञ्चालन नटराज परियारले गर्नुभएको थियो।
युवा समुह अध्यक्ष बुढाका अनुसार सहभागीहरूको समय, श्रम, उत्साह र सहकार्यले स्थानीय वातावरणलाई सफा, स्वस्थ तथा सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। समाजमा स्वच्छता र जिम्मेवारीको भावना अभिवृद्धि गर्न यस्ता अभियानहरू प्रशंसनीय रहेको जनाइएको छ।
आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा रचनात्मक गतिविधिहरू निरन्तर सञ्चालन गर्ने अपेक्षा आयोजकले व्यक्त गरेका छन्।
अछाम । सहिद दिवसको अवसरमा साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहको आयोजनामा सरसफाइ अभियान सम्पन्न भएको छ।
सरसफाइ अभियानमा १९ वटा डस्टबिन तथा २० वटा राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ । कार्यक्रम अन्तर्गत नुनेपानीदेखि लुङ्रेली गाडसम्मको सडक क्षेत्रको फोहोर संकलन तथा व्यवस्थापन गरिएको थियो।
वडा कार्यालय जाल्पादेवीको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा देश तथा विदेशमा बस्नुहुने दाजुभाइहरूको आर्थिक सहयोगमा ३० हजार रुपैयाँभन्दा बढी रकम संकलन गरिएको थियो।
सरसफाइ कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष सेतमान कुवरले गर्नुभएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय साफेबगरका प्रतिनिधि , नेपाल प्रहरी ९बैजनाथ० का कर्मचारी, वडाका जनप्रतिनिधि तथा सम्पूर्ण गाउँवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साथै आजदेखि सडकमा फोहोर फाल्न नपाइने व्यवस्था लागू गरिएको र फोहोर फालेको पाइएमा जरिवाना तोकिने सम्बन्धमा स्थानीयलाई जानकारी गराइएको थियो ।
बागभिडी पिपलतोला युवा समूहका अध्यक्ष मनिश बुढाको नेतृत्वमा सञ्चालन गरिएको सरसफाइ अभियान कार्यक्रमको सञ्चालन नटराज परियारले गर्नुभएको थियो।
युवा समुह अध्यक्ष बुढाका अनुसार सहभागीहरूको समय, श्रम, उत्साह र सहकार्यले स्थानीय वातावरणलाई सफा, स्वस्थ तथा सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। समाजमा स्वच्छता र जिम्मेवारीको भावना अभिवृद्धि गर्न यस्ता अभियानहरू प्रशंसनीय रहेको जनाइएको छ।
आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा रचनात्मक गतिविधिहरू निरन्तर सञ्चालन गर्ने अपेक्षा आयोजकले व्यक्त गरेका छन्।
सम्बन्धित तस्विरहरु ।


