साँफेबगर ।
नागरिक समाज संस्थाका पदाधिकारीहरुका लागि पैरवी रणनिति, अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी ३ दिने क्षमता विकास तालिम साँफेबगरमा सम्पन्न (भएको छ । पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता (WE-CAN) परियोजनाको आयोजनामा सम्पन्न भएको हो ।
पिसविन, वाक नेपाल र समविकास नेपालद्वारा सञ्चालित (WE-CAN) परियोजनाको आयोजनामा सुरु भएको हो । सामूहिक प्रभावकारी पैरवीका लागि नेटवर्किङ र गठबन्धन निर्माणको महत्त्व बुझ्न सीएसओ सदस्यहरुलाई सक्षम बनाउनु, खाद्य तथा पोषण सुरक्षा र जलवायु परिवर्तन सम्बन्धी संयुक्त पैरवीलाई प्रभावकारी समन्वय संयन्त्रहरू बलियो बनाउनु र अधिकारमा आधारित पैरवी, वार्ता र नीति संवाद सम्बन्धी सहभागीहरुको सीप विकास गर्ने तालिमको मुख्य उद्धेश्य रहेको छ ।
यस्तै सीएसओहरु बीच मुख्य पैरवी एजेन्डाहरुलाई संयुक्त रुपमा पहिचान र प्राथमिकता निर्धारण गर्न सहयोग पुर्याउनु, संस्थागत क्षमता मापन तथा सुधारका लागि आत्म–मूल्यांकन उपकरण प्रयोग गर्न सीएसओ नेटवर्कहरुलाई सक्षमता प्रदान गर्नु र कानूनी ढाँचा बुझ्ने, नीति विश्लेषण गर्ने, मागहरु स्पष्ट रुपमा राख्ने, र स्थानीय तहसँग वार्ता गर्ने सीप प्रदान गर्ने उदेश्य पनि रहेको जनाईएको छ ।
यस्तै तालिममा जलवायु उत्थानशील कृषि र पोषणको आधारभूत अवधारणा, खाद्य तथा पोषण सुरक्षा सम्बन्धी सरकारी नीतिहरु (संवैधानिक व्यवस्था, खाद्य सम्प्रभुता ऐन÷नियमावली, जीईएसआई तथा जलवायु जोखिम स्थिति, जलवायु परिवर्तन नीति, एडिएस, प्रदेश कृषि नीति आदि) र पैरवीको परिचय, परिभाषा, प्रक्रिया, प्रकारका बारेमा सहभागीलाई जानकारी गराईएको थियो ।
यस्तै तालिममा अधिकारमा आधारित पैरवी, मानव अधिकार सिद्धान्त, जवाफदेहिता, सहभागिता, सशक्तिकरण र अधिकारमा आधारित पैरवी, मानव अधिकार सिद्धान्त, जवाफदेहिता, सहभागिता, सशक्तिकरणका बारेमा जानकारी गराईएको थियो ।
समस्या र सवाल पहिचान, तथ्य संकलन र पैरवीमा तथ्यको प्रयोग, सरकारी योजना निर्माण प्रक्रिया, पैरवी रणनीति विकास (उद्वेश्य, मुद्वा, नीति लक्ष्य, सन्देश),नीतिगत संलग्नता तथा संवाद सीप (नीतिगत प्रक्रिया, प्रभाव पार्ने तरिका, वार्ता तथा संचार), पैरवीमा नेटवर्किङको भूमिका (गठबन्धनको महत्व, समन्वय संयन्त्र), सीएसओहरु बीच गठबन्धन निर्माण (स्टेक होल्डर म्यापिङ, सहकार्य मोडेल, संचार) नेटवर्किङ रणनीति विकास (संयुक्त कार्ययोजना, भूमिका र जिम्मेवारी निर्धारण) सीएसओको क्षमता आत्म–मूल्यांकन उपकरणको परिचय, आत्म–मूल्यांकन नतिजाको विश्लेषण तथा सुधार योजनाका बारेमा छलफल तथा जानकारी गराईएको थियो ।
तालिमको सहजीकरण ध्रुव सुनार, समविकासका बम भट्ट र पिसविनका ईन्द्र रोकायाले गर्नु भएको थियो । तालिम माघ १३ गते देखि सुरु भएको थियो ।