साँफेबगर ।
नागरिक समाज संस्थाका पदाधिकारीहरूका लागि पैरवी रणनिति, अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी ३ दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु भएको छ । पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता (WE-CAN) परियोजनाको आयोजनामा सुरु भएको हो ।
पिसविन, वाक नेपाल र समविकास नेपालद्वारा सञ्चालित (WE-CAN) परियोजनाको आयोजनामा सुरु भएको हो । सामूहिक प्रभावकारी पैरवीका लागि नेटवर्किङ र गठबन्धन निर्माणको महत्त्व बुझ्न सीएसओ सदस्यहरुलाई सक्षम बनाउनु, खाद्य तथा पोषण सुरक्षा र जलवायु परिवर्तन सम्बन्धी संयुक्त पैरवीलाई प्रभावकारी समन्वय संयन्त्रहरू बलियो बनाउनु र अधिकारमा आधारित पैरवी, वार्ता र नीति संवाद सम्बन्धी सहभागीहरुको सीप विकास गर्ने तालिमको मुख्य उदेश्य रहेको छ ।
यस्तै सीएसओहरु बीच मुख्य पैरवी एजेन्डाहरुलाई संयुक्त रुपमा पहिचान र प्राथमिकता निर्धारण गर्न सहयोग पुऱ्याउनु, संस्थागत क्षमता मापन तथा सुधारका लागि आत्म-मूल्यांकन उपकरण प्रयोग गर्न सीएसओ नेटवर्कहरुलाई सक्षमता प्रदान गर्नु र कानूनी ढाँचा बुझ्ने, नीति विश्लेषण गर्ने, मागहरु स्पष्ट रुपमा राख्ने, र स्थानीय तहसँग वार्ता गर्ने सीप प्रदान गर्ने उदेश्य पनि रहेको जनाईएको छ ।
तालिममा जलवायु उत्थानशील कृषि र पोषणको आधारभूत अवधारणा, खाद्य तथा पोषण सुरक्षा सम्बन्धी सरकारी नीतिहरु (संवैधानिक व्यवस्था, खाद्य सम्प्रभुता ऐन/नियमावली, जीईएसआई तथा जलवायु जोखिम स्थिति, जलवायु परिवर्तन नीति, एडिएस, प्रदेश कृषि नीति आदि) र पैरवीको परिचय, परिभाषा, प्रक्रिया, प्रकारका बारेमा सहभागीलाई जानकारी गराईएको थियो ।
यस्तै तालिममा अधिकारमा आधारित पैरवी, मानव अधिकार सिद्धान्त, जवाफदेहिता, सहभागिता, सशक्तिकरण र अधिकारमा आधारित पैरवी, मानव अधिकार सिद्धान्त, जवाफदेहिता, सहभागिता, सशक्तिकरणका बारेमा जानकारी गराईएको थियो ।
तालिमको सहजीकरण ध्रुव सुनार, समविकासका बम भट्ट र पिसविनका ईन्द्र रोकायाले गरि रहनु भएको छ । तालिम माघ १५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।