Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन वर्तमान सरकारले एक पछि अर्को असंवैधानिक निर्णय गर्दै देशलाई अस्थिरतामा धकेल्न खोजेको आरोप
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, कात्तिक ३०, २०८२

मंगलसेन ।

नेकपा एमाले अछामले सदरमुकाम मंगलसेनमा आयोजित भव्य जनप्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। शनिबार पार्टी कार्यालय देखि सुरु भएको र्याली खुला मञ्चमा पुगेर जनसभामा परिणत भएको थियो।

कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष शिव प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो। जनसभाका प्रमुख अतिथिमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञ बहादुर बोगटी रहनु भएको थियो।

जनसभालाई सम्बोधन गर्दै नेता बोगटीले वर्तमान सरकारले एक पछि अर्को असंवैधानिक निर्णय गर्दै देशलाई अस्थिरतामा धकेल्न खोजेको आरोप लगाउनु भयो। जेनजी आन्दोलनका नाममा मुलुक अस्थिर बनाउन खोजिने प्रयासका विरुद्ध देश भक्त नागरिकले एकजुट हुनु पर्ने उहाँको भनाई रहेको थियो।

प्रधानमन्त्री सुशीला कार्की असंवैधानिक बाटोबाट पदमा पुगेको दाबी गर्दै नेता बोगटीले यस्तो सरकार चुनाव गराउने क्षमता राख्दैन भन्दै संसद विघटन गर्ने अधिकार समेत नभएको बताउनु भयो। उहाँका अनुसार सरकारको एक पछि अर्को गतिविधिले निर्वाचनको वातावरण नै बिग्रिएको छ।

प्रदेश क्षेत्र नम्बर २ का इन्चार्ज समेत रहनु भएका बोगटीले जेनजी आन्दोलनका नाममा उत्पात मच्चाउनेलाई नियन्त्रण गर्न नसकेकोमा सरकार प्रति असन्तुष्टि व्यक्त गर्दै, सरकारको मुख्य उद्धेश्य एमाले कमजोर पार्ने मात्रै रहेको आरोप लगाउनु भयो। एमाले शक्तिशाली बन्नु देशको हितमा हुने भएकाले कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी सुदृढीकरणमा लाग्न उहाँले आह्वान गर्नु भयो।

त्यसै गरी, एमाले केन्द्रीय सदस्य तथा अछाम क्षेत्र नम्बर १ का इन्चार्ज कमल तिमिलसैनाले देशी–विदेशी तत्वले देशलाई अस्थिरता तर्फ धकेल्न खोजि रहेको आरोप लगाउनु भयो। उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु एमाले नेतृत्वको सरकार ढालेर सत्ता हासिल गर्ने खेलमा लागेको दावी गर्नु भयो।

नेता तिमिलसैनाका अनुसार २४ गतेको आन्दोलनलाई अपराधीकृत बनाउन माओवादी, रास्वपा र राप्रपाको प्रत्यक्ष हात रहेको छ। जेनजीका नाममा माओवादीले आफ्ना पूर्व लडाकुहरुलाई आन्दोलनमा उत्राएको आरोप समेत उहाँले लगाउनु भयो।

अछाममा एमालेलाई कमजोर पार्न विभिन्न तत्व सक्रिय रहेको उल्लेख गर्दै, एमाले नै मुलुकलाई निकास दिने शक्ति भएकाले कार्यकर्ताले कुनै पनि चुनौतीबाट नडराई अघि बढ्नु पर्नेमा उहाँले जोड दिनु भयो।

कार्यक्रममा संविधान सभा सदस्य भैरे कामी, प्रदेश कमिटी सदस्य सारदा बिष्ट कुवँर, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, नेकपा एमाले अछामका पूर्व अध्यक्ष चन्द्र बहादुर बोहरा, अनेरास्वीयु नेता भिम बहादुर बडाहित, युवा संघका नेता हेमन्त बिसी लगायतले पनि मन्तव्य राख्नु भएको थियो।

पार्टीका उपाध्यक्ष तिलक बहादुर कुवँरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव हिरण्ड प्रसाद भट्टराईले गर्नु भएको थियो।

CPNUML-Mangalsen-1763267328.jpg
 


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न बिहीबार, कात्तिक २७, २०८२
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन मंगलबार, कात्तिक २५, २०८२
लुंग्रामा १५ वर्ष पछि दशैं हुँदै
लुंग्रामा १५ वर्ष पछि दशैं हुँदै मंगलबार, कात्तिक १८, २०८२
साँफे हाटबजारमा आगलागि
साँफे हाटबजारमा आगलागि आइतबार, कात्तिक १६, २०८२
साँफेबगरमा ४५ औँ विश्व खाद्य दिवस मनाईयो
साँफेबगरमा ४५ औँ विश्व खाद्य दिवस मनाईयो बिहीबार, असोज ३०, २०८२
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न शनिबार, असोज २५, २०८२
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा बिहीबार, असोज २३, २०८२
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित बुधबार, असोज १, २०८२
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न बुधबार, असोज २, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
लुंग्रामा १५ वर्ष पछि दशैं हुँदै
लुंग्रामा १५ वर्ष पछि दशैं हुँदै
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न
साँफे हाटबजारमा आगलागि
साँफे हाटबजारमा आगलागि
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्