Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन वर्तमान सरकारले एक पछि अर्को असंवैधानिक निर्णय गर्दै देशलाई अस्थिरतामा धकेल्न खोजेको आरोप
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, कात्तिक ३०, २०८२

मंगलसेन ।

नेकपा एमाले अछामले सदरमुकाम मंगलसेनमा आयोजित भव्य जनप्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। शनिबार पार्टी कार्यालय देखि सुरु भएको र्याली खुला मञ्चमा पुगेर जनसभामा परिणत भएको थियो।

कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष शिव प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो। जनसभाका प्रमुख अतिथिमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञ बहादुर बोगटी रहनु भएको थियो।

जनसभालाई सम्बोधन गर्दै नेता बोगटीले वर्तमान सरकारले एक पछि अर्को असंवैधानिक निर्णय गर्दै देशलाई अस्थिरतामा धकेल्न खोजेको आरोप लगाउनु भयो। जेनजी आन्दोलनका नाममा मुलुक अस्थिर बनाउन खोजिने प्रयासका विरुद्ध देश भक्त नागरिकले एकजुट हुनु पर्ने उहाँको भनाई रहेको थियो।

प्रधानमन्त्री सुशीला कार्की असंवैधानिक बाटोबाट पदमा पुगेको दाबी गर्दै नेता बोगटीले यस्तो सरकार चुनाव गराउने क्षमता राख्दैन भन्दै संसद विघटन गर्ने अधिकार समेत नभएको बताउनु भयो। उहाँका अनुसार सरकारको एक पछि अर्को गतिविधिले निर्वाचनको वातावरण नै बिग्रिएको छ।

प्रदेश क्षेत्र नम्बर २ का इन्चार्ज समेत रहनु भएका बोगटीले जेनजी आन्दोलनका नाममा उत्पात मच्चाउनेलाई नियन्त्रण गर्न नसकेकोमा सरकार प्रति असन्तुष्टि व्यक्त गर्दै, सरकारको मुख्य उद्धेश्य एमाले कमजोर पार्ने मात्रै रहेको आरोप लगाउनु भयो। एमाले शक्तिशाली बन्नु देशको हितमा हुने भएकाले कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी सुदृढीकरणमा लाग्न उहाँले आह्वान गर्नु भयो।

त्यसै गरी, एमाले केन्द्रीय सदस्य तथा अछाम क्षेत्र नम्बर १ का इन्चार्ज कमल तिमिलसैनाले देशी–विदेशी तत्वले देशलाई अस्थिरता तर्फ धकेल्न खोजि रहेको आरोप लगाउनु भयो। उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु एमाले नेतृत्वको सरकार ढालेर सत्ता हासिल गर्ने खेलमा लागेको दावी गर्नु भयो।

नेता तिमिलसैनाका अनुसार २४ गतेको आन्दोलनलाई अपराधीकृत बनाउन माओवादी, रास्वपा र राप्रपाको प्रत्यक्ष हात रहेको छ। जेनजीका नाममा माओवादीले आफ्ना पूर्व लडाकुहरुलाई आन्दोलनमा उत्राएको आरोप समेत उहाँले लगाउनु भयो।

अछाममा एमालेलाई कमजोर पार्न विभिन्न तत्व सक्रिय रहेको उल्लेख गर्दै, एमाले नै मुलुकलाई निकास दिने शक्ति भएकाले कार्यकर्ताले कुनै पनि चुनौतीबाट नडराई अघि बढ्नु पर्नेमा उहाँले जोड दिनु भयो।

कार्यक्रममा संविधान सभा सदस्य भैरे कामी, प्रदेश कमिटी सदस्य सारदा बिष्ट कुवँर, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, नेकपा एमाले अछामका पूर्व अध्यक्ष चन्द्र बहादुर बोहरा, अनेरास्वीयु नेता भिम बहादुर बडाहित, युवा संघका नेता हेमन्त बिसी लगायतले पनि मन्तव्य राख्नु भएको थियो।

पार्टीका उपाध्यक्ष तिलक बहादुर कुवँरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव हिरण्ड प्रसाद भट्टराईले गर्नु भएको थियो।

CPNUML-Mangalsen-1763267328.jpg
 


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा बिहीबार, फागुन १४, २०८२
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न  सोमबार, फागुन ११, २०८२
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न बिहीबार, माघ १५, २०८२
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न  बिहीबार, माघ १५, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्