Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, भदौ २२, २०८२

साँफेबगर ।

अछामको मेल्लेख गाउँपालिकाले मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाले महिनावारी भएका महिलालाई घरमै सुरक्षित राख्ने उद्धेश्यले मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन गरेको हो। मर्यादित महिनावारी सचेतना अभियान अन्तर्गत धामी झाँक्री, महिनावारी विभेदमा अग्रसर स्थानीय बृद्धबृद्धा लगायत विद्यार्थीका लागि सचेतना कक्षा सञ्चालन भई रहेका छन्। गाउँपालिकाको वडा नम्बर ४ कुष्कोटका धामी, झाँक्री, पुरोहित, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयम सेविका र बासुकी माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सचेतना कक्षा संचालन गरिएको छ।

फरक-फरक समयमा उनीहरुलाई महिनावारी हुने प्रक्रिया, महिनावारी विभेदले निम्त्याउने समस्या, अछामको अवस्था, कानुनी प्रावधान लगायतका विषयमा सहजीकरण गरिदै आएको छ। बासुकी माविका छात्राहरुले महिनावारी विभेद सहेर नबस्ने तथा यस बारेमा सबैलाई सचेतना समेत फैलाउने प्रतिवद्धता जनाएका छन्। सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल शाहले महिनावारी हुँदा घरमै बस्न तथा कसैले विभेद गरे त्यसको प्रतिकार गर्न विद्यार्थीलाई सुझाव दिनु भएको छ।

यस्तै वडा कार्यालयमा आयोजित मर्यादित महिनावारी सचेतना कक्षाका सहभागिले आफ्नो घरमा महिनावारी हुने महिला घरमै सुरक्षित बस्ने गरेको बताएका छन्। सो अवसरमा करिब तीन दशक अघि देखि महिनावारी हुँदा सुरक्षित रुपमा घरमै बस्ने पूर्व महिला स्वास्थ्य स्वयम सेविका सरु देवी साउँदलाई खादा लगाएर सम्मान गरिएको थियो। यस्तै वडा सदस्यहरु मन्सरा देवी साउँद, शालिभान साउँद र शंकर साउँदले आफूहरुको घरमा महिनावारी हुँदा महिला सुरक्षित रुपमा घरमै बस्ने गरेको र अहिलेसम्म कुनै दोष नलागेको बताउनु भएको थियो। साही ठाउँका पुजारी रन बहादुर साउँदले देवि देउताले पनि महिनावारी भएको महिलालाई विभेद गर्न नलगाउने प्रतिवद्धता जनाउनु भएको थियो।

महिनावारी भएको महिलाले दहीदुध खान नहुने, गाईभैंसी छुन नहुने जस्ता कुरा अन्धविश्वास मात्रै भएकाले त्यस्ता कुरीतिको पछाडि नलाग्न उनीहरुलाई सुझाईएको थियो। लामो समय देखि महिनावारीका बारेमा रहेका भ्रम बारे जानकारी गराए पछि अहिले धामी पुजारीहरु नै विभेद विरुद्धको अभियानमा जुटेका हुन्।

मेल्लेख ४ कुष्कोटका वडा अध्यक्ष चन्द्र बहादुर साउँदले महिनावारी विभेद गर्नेलाई सरकारले कडा कानुनी कारवाही गर्ने नीति लिएकाले कसैले पनि विभेद नगर्न सुझाव दिनु भएको छ। उहाँले महिनावारी हुँदा गोठमा बस्ने र बसाल्नेलाई सरकारले प्रदान गर्ने सबै सुविधाहरु बन्द गर्ने समेत बताउनु भयो।

गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउँदले गाउँपालिकाले मर्यादित महिनावारी सचेताना कार्यक्रम सञ्चालन गर्नका लागि तीन लाख रुपियाँ बजेट विनियोजन गरेको जानकारी दिनु भयो। साउँदले भन्नुभयो-“हामीले गोठ भत्काउने अभियानसँगसँगै गाउँपालिकाका सबै वडाका सरोकारवालाहरुसँग मर्यादित महिनावारी सचेतना कार्यक्रम पनि सञ्चालन गरि रहेका छौँ।”

अध्यक्ष साउँदका अनुसार महिनावारी विभेद गर्नेलाई सरकारले कडा कानुनी कारवाही गर्ने नीति लिएकाले जो कसैले पनि विभेद गर्न नहुने बताउनु भयो। उहाँले महिनावारी हुँदा गोठमा बस्ने र बसाउनेलाई सरकारले प्रदान गर्ने सबै सुविधाहरु बन्द गर्न सक्ने समेत बताउनु भयो।


प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
किसान बहुउद्धेश्यीय सहकारीद्धारा मृतक शेयर सदस्यको श्रद्धाञ्जली सभा गर्दै सुविधा वितरण
किसान बहुउद्धेश्यीय सहकारीद्धारा मृतक शेयर सदस्यको श्रद्धाञ्जली सभा गर्दै सुविधा वितरण बुधबार, चैत ४, २०८२
गंगा मावि तेसिंगेमा कक्षा १० का विद्यार्थीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम
गंगा मावि तेसिंगेमा कक्षा १० का विद्यार्थीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम मंगलबार, चैत ३, २०८२
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण सोमबार, चैत २, २०८२
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस्
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस् मंगलबार, फागुन २६, २०८२
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड सोमबार, फागुन २५, २०८२
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा बिहीबार, फागुन १४, २०८२
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न  सोमबार, फागुन ११, २०८२
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
लोकप्रीय
  • Week
  • Month
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
गंगा मावि तेसिंगेमा कक्षा १० का विद्यार्थीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम
गंगा मावि तेसिंगेमा कक्षा १० का विद्यार्थीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस्
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस्
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्