Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सडक स्तरोन्नतिको काम अलपत्र
सडक स्तरोन्नतिको काम अलपत्र
एकेन्द्र महता
एकेन्द्र महता आइतबार, भदौ १, २०८२

साँफेबगर ।

अछामको साँफेबगर–मेल्लेख जोड्ने सडक स्तरोन्नतिको काम अलपत्र परेको छ। सडक स्तरोन्नतिको ठेक्का पाएको कम्पनीका ठेकेदार सम्पर्क विहीन हुँदा सडक निर्माणको काम अलपत्र परेको हो। साँफेबगर मेल्लेख (साँफे–नन्देगडा–मेल्लेख–षोडशा–ऋषिदह) सडक स्तरोन्नतिको काम ८ महिना देखि ठप्प रहेको छ। सडक स्तरोन्नतीको काम छोडेर ठेकेदार सम्पर्क विहिन छन्।

साँफेबगर नगरपालिकाको सिमानामा पर्ने दुई पालिका मेल्लेख–साँफेबगर जोड्ने मुख्य सडक निर्माणको काम अलपत्र हुँदा वर्षा यामको बेला कच्ची सडकमा नागरिकले सास्ती भोग्नु परेको छ। हालसम्म पनी निर्माण कम्पनीले काम सम्पन्न नगरी विभिन्न बहाना गरी ठेकेदार सम्पर्क विहीन हुने कारणले यो क्षेत्रका नागरिकहरु कच्ची बाटोमा यात्रा गर्न बाध्य छन्।

यो विषयमा सम्बन्धित निकायले ध्यान दिन नसकेको स्थानीय हिरिण्ड बहादुर कुँवरले बताउनु भयो। उहाँले भन्नुभयो–“सडकमा नालीको व्यवस्थापन नहुँदा वर्षातमा आएको पानी स्थानीयका घरसम्म आउने गरेको छ, यसले गर्दा पाँच घरहरु पहिरोको उच्च जोखिममा रहेको र बारम्बार यहाँका स्थानीयले सास्ती व्यहोर्नु परेको छ।”

‎सुुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको क्रमागत योजना अन्तरगत साँफे मेल्लेख सडक स्तरोन्नतीको काम ललितपुर ईमाडोलको नाति कन्ट्रक्सन प्रा.लि.ले २०७९ साल देखि सुरु गरेको थियो। ठेकेदार लगानीका लागि पैँसा छैन भन्दै पन्छिने गरेको छ, धेरै पटक कार्यालयबाट ताकेता गरेको पूर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी ईन्जिनियर देवी प्रसाद उपाध्यायले बताउनु भयो। उहाँले भन्नुभयो–“हामीले कायालयको तर्फबाट कुनै कमी गरेका छैनौँ र जसरी हुन्छ काम सुरु गर्नुस् भनेका छौं।”

ईन्जिनियर उपाध्यायका अनुसार बाँकी रहेको अधुरो कामका लागि २०८३ असार मसान्तसम्म करिब १ वर्ष म्याद थप गरि १ करोड ५० लाख रकम आई सकेको र अझै अपुग रकमका लागि रकम रकमान्तर गरेर पनि काम गराउने प्रक्रियामा रहेको छ। तर ठेकेदारले विभिन्न बाहानामा आलटाल गरी कार्यालयको सम्पर्कमा आएका छैनन्।

‎साँफेबगर मेल्लेख ११ किलोमिटर सडक स्तरोन्नतीको कामको जिम्मा ललितपुर ईमाडोलको नाति कन्ट्रक्सन प्रा।लि।ले पाएको थियो। नाती कन्ट्रक्सनले पूर्वाधार विकास कार्यालय अछामसंग २०८१ असार १५ गते काम सम्पन्न गर्ने गरी २०७९ असार ६ गते भ्याट सहित १३ करोड २८ लाख १० हजार २०८ रुपियाँमा सम्झौता गरेको थियो। कामको आधारमा अहिलेसम्म निर्माण कम्पनीले ११ करोड १० लाख ४२ हजार ६ सय २६ रुपियाँ भुक्तानी लिई सकेको छ।

‎सुुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको क्रमागत योजना अन्तरगगत उक्त सडक स्तरोन्नतीको काम पूर्वाधार विकास कार्यालय मार्फत कार्यान्वयनमा रहेको छ। ‎सडक स्तरोन्नती अन्तरग सडकका नाली निमार्ण र ग्राबेल निर्माणको काम गरिने जनाईएको छ।

‎ठेकेदारले बैंक ग्यारेन्टी, बीमाका लागि समेत पैँसा नभएको बताउँदै आएको कार्यालयको भनाई छ। अहिलेसम्म सडकको केहि नाली व्यवस्थापनको काम र केही मेसिनरीको काम मात्रै भएको देखिन्छ। जुन कामको ८३ दशमलव ६१ प्रतिशत हुन आउँछ।

‎वर्षा यामको पानीले सडकको नाली र हुम पाईपहरु नराख्दा निर्माणाधिन सडक पनि भत्किदै गएको छ। नाती कन्ट्रक्सनका सञ्चालक ज्ञानेस महर्जनले कार्यालयको फोन समेत उठाउँदैनन्। ‎ठेकेदारको लापरबाहिका कारण साँफेबगरका यस्ता थुप्रै योजनाहरु ल्थालिङ्ग अवस्थामा रहि निमार्णाधिन सडकले झनै जोखिम बढाएको छ।

ठेकेदारको लापरबाहीका कारण साँफेबगरका यस्ता थुप्रै योजनाहरु अलपत्र अवस्थामा रहेको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताउनु भयो। योजनाहरु अलपत्र पारेर ठेकेदारहरु सम्पर्क विहीन रहेको बताउँदै पटक–पटक तोकेता गर्दा समेत ठेकेदारहरुले अटेर गरेको नगर प्रमुख कुँवरको भनाई रहेको छ।

नगर प्रमुख कुँवरले भन्नुभयो–“वर्षा याममा यस्ता निर्माणधीन सडकले झनै जोखिम बढाएको छ, बढी जस्तो बाढी पहिरोको जोखिम यस्ता बन्दै गरेका सडकहरुले निम्त्याएका छन्।” साँफे–मेल्लेख सडक छेउमा आम नागरिकको जानकारीका लागि राखिएको बोर्डमा सूचना समेत अधुरै राखिएको छ। सडक स्तरोन्नतिको काम अलपत्र हुँदा साँफे मेल्लेख आवतजावत गर्ने नागरिकहरु सास्ती भोगि रहेका छन्।

साँफेबगर–मेल्लेख-जोड्ने-सडक-।-1755417799.jpg

साँफेबगर–मेल्लेख-जोड्ने-सडक-।-1-1755417797.jpg

पूर्वाधार-विकास-कार्यालय-अछाम-।-1755417826.jpeg


प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन शुक्रबार, पुस २५, २०८२
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न सोमबार, पुस २१, २०८२
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस सोमबार, पुस २१, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक आइतबार, मंसिर २८, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली मंगलबार, मंसिर १६, २०८२
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न बुधबार, मंसिर १०, २०८२
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी बिहीबार, मंसिर ४, २०८२
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन आइतबार, कात्तिक ३०, २०८२
लोकप्रीय
  • Week
  • Month
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्