Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • विद्या भण्डारीको पक्षमा खुल्दै नेताहरु  
विद्या भण्डारीको पक्षमा खुल्दै नेताहरु  
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, साउन २९, २०८२

साँफेबगर ।

नेकपा एमाले अछामका जिल्ला देखि प्रदेश एवम विभागका सदस्यहरु पूर्व राष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा प्रतिबन्ध लगाउने केन्द्रीय कमिटीको निर्णयको विपक्षमा उभिएका छन्। भण्डारीको सदस्यता नवीकरणमै रोक लगाउने निर्णय गलत भएको वारेमा सामाजिक सञ्जालमा लेख्न थालेका छन्। एमालेमा तेस्रो कार्यकालको लागि अध्यक्ष बन्ने र २०८४ पछि पनि आफैं प्रधानमन्त्री हुने दाउमा अध्यक्ष ओली रहेका छन्। तर, अध्यक्ष ओलीलाई चुनौती दिने गरि पूर्व राष्ट्रपति विद्या देवी भण्डारी सक्रिय भए पछि अहिले एमाले नेताहरु विद्याको पक्षमा खुल्न थालेका छन्।

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता सम्बन्धी विषय केन्द्रीय कमिटी बैठकले टुंग्याई सकेकाले यसमा थप छलफल नगर्न अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले चेतावनी दिए अछाममा नेता कार्यकर्ताहरु खुलेर वहस गर्न थालेका छन्। पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा प्रतिबन्ध लगाउने निर्णय किमार्थ स्विकार्य नहुने धारणा व्यक्त गर्न थालेका छन्। नेकपा एमालेका पूर्व जिल्ला कमिटी सचिवालय सदस्य एवम साँफेबगर इन्चार्ज रमेश कुँवरले अब पार्टीमा समान्तर कमिटी गठन गर्ने की झोले भएर बस्ने भन्दै आक्रोस पोखेका छन्।

यस्तै एमालेको संगठन वन तथा वातावरण विभागका केन्द्रीय सदस्य एवम सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व सदस्य देव बहादुर कुँवर पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा प्रतिबन्ध लगाउने निर्णय पार्टीले गरे पछि आक्रोस पोख्दै आएका छन्। कुँवरले स्टालिन शैलिमा ओलीको यात्रा, प्रतिस्पर्धीलाई सिधै निषेध आजिवन नेतृत्वको व्यवस्था भनेर स्टाटस शेयर गर्नु भएको छ। नेकपा एमाले पार्टीलाई जिवन्त दिन पूर्व राष्ट्रपति भण्डारीलाई अध्यक्ष बनाउनु पर्ने स्टाटस पनि शेयर गर्नु भएको छ।

पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा प्रतिबन्ध लगाउने निर्णय पछि कुँवरले दर्जर्नौ स्टाटस सामाजिक सञ्जाललमा लेखेर शेयर गर्नु भएको छ। नेकपा एमालेका जिल्ला कमिटी सदस्य, युवा नेता लिलाराज केसीले मदन भण्डारीको नामको प्रयोग गरेर आफ्नो स्वार्थको राजनीति गर्ने तर मदन भण्डारी फाउन्डेसन, उषा किरण भण्डारी र विद्या देवी भण्डारी प्रति सार्वजनिक मञ्चमा अभद्र टिप्पणी गर्नु प्रधानमन्त्री ओलीको कुनीत, पाखण्ड र सत्ता–लोभ भएको स्टाटस पोष्ट गर्नु भएको छ।

आफूलाई सर्वशक्तिमान ठान्ने, आलोचकलाई सिध्याउने, सत्यलाई मिचेर झुटको महल बनाउन माहिर ओली जस्ता नेताबाट लोकतन्त्रलाई सबै भन्दा ठूलो खतरा रहेको उहाँले पोष्ट गरेको स्टाट्समा उल्लेख गरिएको छ। अरूलाई हटाउन ७० वर्षे उमेर हद लगाउने र आफू हुनका लागि त्यो हटाई दिने, २ कार्यकालको प्रवाधान आफै लगाउने र फेरि आफू बन्न त्यो पनि हटाई दिने पार्टी अध्यक्ष एवम प्रधानमन्त्री ओलीको कार्यशैलि प्रति जिल्ला कमिटी सदस्य केसीले आक्रोस पोख्नु भएको छ।

यस्तै केही युवा विद्यार्थी नेताहरु पनि पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा प्रतिबन्ध लगाउने निर्णय गलत भएको भन्दै निर्णय सच्याउनु पर्ने माग गर्दै आएका छन्। विवेक खड्काले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विद्या भण्डारी नेतृत्वमा आउनु पर्ने उल्लेख गर्नु भएको छ। ओलीलाई एमाले तपाईका बाउको बिर्ता हो, तपाईँको दास बन्ने मात्रै एमालेको कार्यकर्ता हो? भन्ने स्टाटस शेयर गर्नु भएको छ। विद्यार्थी नेता राम बहादुर साउँदले पनि पूर्व राष्ट्रपति भण्डारीका पक्षमा लाग्ने नेतालाई छानि छानि कार्वाही गर्नु स्वच्छेचारी भएको उल्लेख गर्नु भएको छ। यस्तै केपी ओलीलाई आजिवन अध्यक्ष घोषणा गर्न मिल्दैन भनेर व्यग्य प्रहार गर्नु भएको छ।

आगामि महाधिवेशनबाट नेकपा एमालेको पुनः अध्यक्ष बन्ने केपी शर्मा ओलीको चाहना विपरीत नेताहरू इतर पक्षमा खुल्न थालेका छन्। मदन भण्डारीको ७४ औं जन्मदिन मनाई रहेका बेला गत असार १४ गते विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्केको घोषणा गरे पछि एमाले नेताकार्यकर्ता अहिले ओली र विद्याको पक्ष विपक्षमा कित्ताकाट गरि रहेका छन्। वैद्यनाथ न्यूजबाट


प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा बिहीबार, फागुन १४, २०८२
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न  सोमबार, फागुन ११, २०८२
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न बिहीबार, माघ १५, २०८२
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न  बिहीबार, माघ १५, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्