चौरपाटी ।
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नतिको कार्य सुरु भएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर ३ स्थित विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति कार्यको एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
उक्त सडक स्तरोन्नतिको उद्घाटन गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले गर्नु भएको थियो । सडकलाई थप व्यवस्थित गर्नका लागि कालोपत्रे, ढल व्यवस्थापनका कार्य गर्न लागिएको अध्यक्ष साउँदले बताउनु भयो ।
अध्यक्ष साउँदले भन्नु भयो–सडकको अवस्था बिग्रदै गए पछि स्तरोन्नती गरिन लागिएको छ, सडकको चौडाई सात मिटरको बनाईने, नाली, जाली, होम पाईप मेसिनरी वाल र सडक ग्राभेल लगाएतका कार्यहरु गरिने छन् । उक्त सडक स्तरोन्नतिका लागि ८७ लाख ८३ हजार ६ सय ९४ रुपैयाँको टेण्डर गरेर ठेक्का समेत लगाई सकिएको छ ।
ठेक्का पाएको निर्माण कम्पनि लालीगुराँस÷हिलवेज जेभि बिरेन्द्रनगर सुर्खेतले काम गर्न सुरु गरेको गाउँपालिकाका इन्जिनियर लोकेन्द्र बहादुर रावलले बताउनु भयो । उहाँले ढल व्यवस्थापनको लागि सडक किनारामा साईड ड्रेन, नाली, जाली, होम पाईप मेसिनरी वाल र सडक ग्राभेल लगाएतका कार्यहरु गरिने बताउनु भयो ।
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति कार्यको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा, वडा नम्बर ३ का वडा अध्यक्ष बिरेन्द्र कुमार साउँद, निर्माण कम्पनिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।