Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, जेठ २३, २०८२

बाजुरा ।

बाजुराको बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । शुक्रबार नगर कार्यपालिकाको आयोजनामा आयोजित विशेष समारोहमार्फत उक्त घोषणा गरिएको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप तथा रोग नियन्त्रण महाशाखाले तोकेको मापदण्ड पूरा गरेपछि नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको बडीमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाभित्र जन्मेदेखि १५ महिनासम्मका ३८० जना र १६ महिनादेखि ५९ महिनासम्मका ५८४ जना बालबालिकाले सबै नियमित खोप प्राप्त गरिसकेका छन् । यसरी कुल ९६४ जना बालबालिका पूर्ण खोप सेवाको पहुँचमा पुगेका हुन् ।

बालबालिकाले उमेर समूह अनुसार झाडा, पोलियो, दादुरा, टिटानस जस्ता घातक रोगहरूविरुद्धको खोप प्राप्त गर्नु अत्यावश्यक भएकाले यसको पहुँच सबैसम्म पुर्‍याउन नगरपालिका प्रतिबद्ध रहेको बताइएको छ ।

नगर प्रमुख अमर खड्काले बालबालिकाको स्वास्थ्य सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा अभियान सफल भएको उल्लेख गर्नुभयो । साथै, अभियानमा योगदान पु–याउने सबैलाई धन्यवाद दिँदै नियमितता कायम राख्न सुझावसमेत दिनुभयो ।

कार्यक्रममा उपप्रमुख नन्दा कुमारी थापाले सम्पूर्ण बालबालिकालाई खोप सेवामा समेट्नु मात्र पर्याप्त नभई त्यसको दीगोता कायम गर्नु थप चुनौतीपूर्ण रहेको बताउँदै सबै पक्ष प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

“स्वास्थ्य सेवा संवेदनशील क्षेत्र हो, स्वास्थ्यकर्मीहरू मानव जीवनका भगवान हुन्,” उपप्रमुख थापाले भन्नुभयो, “त्यसैले उनीहरूले सेवा प्रतिको समर्पण झनै बढाउनु आवश्यक छ ।”

बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गरेसँगै अब नियमित अनुगमन, जनचेतना अभिवृद्धि तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणमार्फत खोप सेवाको दीगोपनता कायम राख्ने योजनाअघि सारेको जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम आइतबार, साउन २५, २०८२
बयालपाटा अस्पताल चलाउन कानुनी पूर्वाधार निर्माण
बयालपाटा अस्पताल चलाउन कानुनी पूर्वाधार निर्माण शुक्रबार, साउन २३, २०८२
विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि साँफेबगरमा सम्पन्न
विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि साँफेबगरमा सम्पन्न शुक्रबार, साउन २३, २०८२
छिपेखोलामा फालेको फोहर बगाएर घर खेतमा पुगे पछि स्थानीय आक्रोशित
छिपेखोलामा फालेको फोहर बगाएर घर खेतमा पुगे पछि स्थानीय आक्रोशित बिहीबार, साउन २२, २०८२
बालबालिकाको स्वास्थ्य परिक्षण
बालबालिकाको स्वास्थ्य परिक्षण बुधबार, साउन २१, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित) सोमबार, साउन १२, २०८२
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
आयुर्वेद उपचारमा आकर्षण बढ्दो आइतबार, साउन ४, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्