Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, जेठ २२, २०८२

कञ्चनपुर ।

सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ।

गौरीफन्टा र गड्डाचौकि नाकामा भारतबाट नेपाल फर्किनेहरूमा कोभिड सङ्क्रमण देखिन थाले पनि परीक्षण गर्ने किट अभाव हुदाँ थप परीक्षण हुन सकेको छैन।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव हुँदा नाकामा परीक्षण हुन नसकेको बताए। ‘बुधवार कैलालीको गौरीफन्टा नाकामा भारतबाट आएका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ’, जोशीले भने, ‘थप परीक्षणका लागि किट अभाव छ, हामीले सङ्घ र प्रदेश सरकारसँग माग गरेका छौं।’

बुधवार गौरीफन्टा नाकामा भारतबाट आएका ३६ जनामा कोभिड परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो। निर्देशनालयका अनुसार कोभिड पुष्टि हुनेमा कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया युवती रहेका छन्। कोभिडको परीक्षणका लागि किट नहुँदा अन्य नाकामा परीक्षण हुन सकेको छैन।

कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको उनले बताए। ‘कोभिड पुष्टि भएका तीनै जनाको ‘स्याम्पल’ टेकु पठाएका छौंँ, त्यहाँ पिसीआर परीक्षणपछि कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ’, जोशीले भने, ‘छिमेकी मुलुक भारतमा सङ्क्रमण बढिरहेको छ, खुला सिमानाकाका कारण सुदूरपश्चिममा पनि सङ्क्रमणको जोखिम बढेको छ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तनसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ। तर, नाकामा परीक्षणका लागि किट नहुँदा परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालयको भनाइ छ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले कोभिड परीक्षणका लागि किट अभाव रहेको बताए। ‘गड्डाचौकी नाकाबाट नेपाल आउनेको सङ्ख्या बढेको छ, नाकामा रहेको रहेको हेल्थ डेस्कबाटसमेत कोभिड परीक्षणको किट माग भएको छ’, उनले भने, ‘हामीसँग किट छैन, हामीले माथिल्लो निकायमा माग गरेका छौं।’ कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भारतसँग जोडिएका प्रमुख नाका हुन्।

नाकामा हेल्थ डेस्क रहेको भए पनि कोभिड परीक्षणका लागि किट नहुँदा परीक्षण हुन सकेको छैन। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल कोभिडको लक्षण देखिएका बिरामी आउने गरे पनि परीक्षण किट अभाव हुँदा परीक्षण हुन नसकेको अस्पतालका सूचना अधिकारी शान्तप्रसाद जोशीले बताए।


प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न शनिबार, साउन ३, २०८२
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित बिहीबार, साउन १, २०८२
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित बिहीबार, साउन १, २०८२
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा आइतबार, असार २९, २०८२
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण शुक्रबार, असार २७, २०८२
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह मंगलबार, असार १७, २०८२
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट शनिबार, असार १४, २०८२
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण शनिबार, असार १४, २०८२
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु शनिबार, असार ७, २०८२
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न शुक्रबार, असार ६, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्