Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बालमैत्री स्थानीय शासन घोषणा गर्ने वडाको संख्या ४ पुग्यो
बालमैत्री स्थानीय शासन घोषणा गर्ने वडाको संख्या ४ पुग्यो बालबालिकामा लगानी भनेको देशकै भविष्य सुनिश्चित गर्नु हो : कुँवर
रमन भट्ट
रमन भट्ट आइतबार, जेठ ११, २०८२

मेल्लेख ।

अछाममा बालमैत्री स्थानीय शासन युक्त घोषणा गर्ने वडाको संख्या ४ पुगेको छ । आगामि २०८७ सम्ममा देशका सबै स्थानीय तहलाई बालमैत्री बनाउने नेपाल सरकारको लक्ष्य अनुरुप उक्त चार वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको हो ।

जिल्लाका ९१ वडा रहेको अछाममा ४ वडा बालमैत्री स्थानीय शासन युक्त घोषणा भएका छन् । हाल जिल्लाका दुई पालिका गरि ४ वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । अछामको चौरपाटी गाउँपालिका ६ दुनी र मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटी, ६ षोडशादेवी र ७ नन्देगडा बालमैत्री वडा घोषणा गरिएका छन् ।

स्थानीय शासनका सबै ५१ सूचक पूरा गरे पछि उक्त वडाहरुलाई बालमैत्री वडा घोषणा गरिएको हो । शनिबार मेल्लेख गाउँपालिकाको वडा नम्बर ६ षोडशादेवीलाई पनि बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । अ‍ैपचारिक रुपमा कार्यक्रमको आयोजना गरी बालमैत्री घोषणा गरिएको हो । घरधुरी सर्वेक्षण २०८१ अनुसार जम्मा ५ सय ८४ घरधुरी रहेको षोडशादेवीमा चार हजार ३ सय ५३ जनसंख्या रहेको छ ।

जसमा एक हजार ७ सय ४८ बालबालिकाहरु छन् । उनीहरु मध्ये ८ सय १९ बालिका र ९ सय २९ बालक रहेका छन् । घरधुरी सर्वेक्षणका क्रममा शौचालय नभएका घरहरुमा ५२ वटा शौचालयहरु निमार्ण गरिएका छन् । बालमैत्री वडा घोषणाका लागि तय गरिएका सेवा प्रवाह सम्बन्धी ३६, बाल बचाउका १४, बाल संरक्षणका १०, बाल विकास र बाल सहभागिताका ६–६, संस्थागत विकासका १५ सहित सबै ५१ वटा सूचकहरु रहेका थिए ।

बालबालिकामा लगानी भनेको देशकै भविष्य सुनिश्चित गर्नु हो : कुँवर

बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य शेर बहादुर कुँवरले बालबालिकाहरुमा लगानी भनेको देशकै भविष्य सुनिश्चित गर्नु रहेको बताउनु भएको छ । सांसद शेर बहादुर कुँवरले बालमैत्री वडा घोषणा कार्यक्रममा उपस्थित हुन पाउँदा निकै खुशी लागेको बताउँदै उहाँले यस्ता कार्यले पालिकालाई समृद्ध बनाउन तर्फ डोर्याउने बताउनु भयो ।

उहाँले विकास भनेको भौतिक पूर्वाधार निमार्ण मात्र नभएर यस्ता सामाजिक रुपान्तरणको कार्यहरुले मानवीय विकासमा जोड दिने बताउनु भयो । पूर्व मन्त्री समेत रहनु भएका कुँवरले हाम्रा बालबालिकालाई कस्तो बनाउने भन्ने विषय रहेक परिवार, हरेक विद्यालय र हरेक समुदायमा छलफल र बहसको विषय बन्नु पर्ने बताउनु भयो । कार्यक्रममा मेल्लेख गाउँपालिकाका सबै वडालाई २०८३ भित्र बालमैत्री घोषणा गर्ने लक्ष्य लिईएको गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउँदले बताउनु भयो ।

अध्यक्ष साउँदले अब बाँकी रहेका ५ वडालाई पनि निरन्तर रुपमा घोषणाका लागि तयार पारिने जानकारी दिनु भयो । कार्यक्रममा उपाध्यक्ष नृप बहादुर खड्काले सामाजिक रुपान्तरणको क्षेत्रमा पालिकाले थुप्रै काम थालनी गर्दे सम्पन्न गरि रहेको बताउनु भएको छ । उहाँले घोषणामा मात्र सिमित नराखेर प्रभावकारी रुपमा कार्यान्वय गर्नका निम्ती सबै पक्ष सराकारात्म तरिकाले लाग्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले बालविवाह अझै पनि रोक्न नसक्नु आफुहरुलाई चुनौती रहेको बताउनु भयो । बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले निकट भविष्यमै गाउँपालिकाको वडा नम्बर १ र २ बालमैत्री स्थानीय शासन युक्त घोषणा गर्ने निर्णय भई सकेको बताउनु भयो । घोषणाका लागि कार्य पालिकाबाट निर्णय भएर तयारीमा जुटेको जानकारी दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत बुढाले बाल बचाउ, बाल सहभागीता, बाल विकास र बाल संरक्षणलाई अझै प्रवद्र्धन गरेर गाउँपालिकाले आगामी कार्ययोजना, रणनिति र बजेटमा समेट्दै लैजाने बताउनु भयो ।

उहाँले कार्यक्रमलाई सफल पार्न विषेश प्राविधिक सहयोग गर्ने आस्था नेपाल र वल्र्ड भिजनलाई धन्यवाद ज्ञापन गर्नु भयो। बालमैत्री वडा घोषणा पश्चात प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरोकारवालाहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा साँफेबगर नगरपालिका निवर्तमान नगर प्रमुख कुल बहादुर कुँवर, नेपाली कांग्रेस खकेन्द्र साउँद, एमालेका नेकपाका सुरेन्द्र साउँद, नेकपा माओवादिका पालिका सचिव गोरख बोहरा, रास्वपाका जिल्ला संयोजक ओम प्रकाश रावल, एकीकृत समाजवादीका पालिका सचिव टेक बहादुर साउँद, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष कृष्ण बिक, पत्रकार शिवराज खत्री, षोडशा आधारभुत विधालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र खड्का, वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवर, वल्र्ड भिजनका मिन थापा, आस्था नेपालका निराजन शाही, भ्वान सिंह सार्की, दलित संजालका अध्यक्ष अम्मर विक, पालिका स्तरिय अन्तर पाटी महिला संजालका अध्यक्ष समिता महर, बाल संजालका अध्यक्ष मनिसा साउँदले शुभकामना मन्तव्य राख्दै बालमैत्री वडा घोषणा पश्चात प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य षोडशादेवीका वडा सदस्य देवसरा कुमारी थापाले राख्नु भएको थियो। कार्यक्रमको संचालन नन्देश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक पृथ्वी रावलले गर्नु भएको थियो । कार्यक्रममा स्थानीय कला संस्कृति प्रस्तुत गरिएको थियो ।

 

Mellekh-02-1748166940.JPG

Mellekh-01-1748166940.JPG


प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
प्रशासकीय अधिकृतमा ताम्राकार
प्रशासकीय अधिकृतमा ताम्राकार बिहीबार, साउन १५, २०८२
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना मंगलबार, साउन १३, २०८२
एमालेले गर्‍यो प्रदेश कमिटी र विभागमा मनोनयन (नामावली सहित)
एमालेले गर्‍यो प्रदेश कमिटी र विभागमा मनोनयन (नामावली सहित) मंगलबार, साउन १३, २०८२
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित) सोमबार, साउन १२, २०८२
प्रेमी पर्खेको ‘रानीसैन’
प्रेमी पर्खेको ‘रानीसैन’ आइतबार, साउन ११, २०८२
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन शनिबार, साउन १०, २०८२
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द शनिबार, साउन १०, २०८२
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ शुक्रबार, साउन ९, २०८२
जिल्ला प्रशासन कार्यालय अछाममा जोर–बिजोर सेवा प्रणाली लागु
जिल्ला प्रशासन कार्यालय अछाममा जोर–बिजोर सेवा प्रणाली लागु बुधबार, साउन ७, २०८२
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न आइतबार, साउन ४, २०८२
लोकप्रीय
  • Week
  • Month
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्