Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बयालपाटा अस्पताललाई मेडिकल कलेज बनाउने एमालेको लक्ष्य
बयालपाटा अस्पताललाई मेडिकल कलेज बनाउने एमालेको लक्ष्य एमाले साँफेबगर नगरको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक
एकेन्द्र महता
एकेन्द्र महता शुक्रबार, वैशाख १६, २०७९
CPNUML.jpeg

साँफेबगर ।

नेकपा एमाले साँफेबगर नगर कमिटीले आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। नगर कमिटीले सार्वजनिक गरेको १२ पेजको प्रतिवद्धतामा साँफेबगर नगरपालिकालाई सुखी र समृद्ध नगरवासीको सरोकार लक्ष्य सहित सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरीएको छ। 

प्रतिवद्धता पत्रमा नगरपालिकाको आवधिक योजना तथा विस्तृत विवरणको तर्जुमा र अद्यावधिक, स्नातक तह सम्मको प्राविधिक शिक्षालय स्थापना, पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गर्दै व्यावहारिक तथा व्यवसायिक शिक्षामा प्राथामकिता, नगरको गौरवको योजनाको रुपमा नगर नमुना विद्यालय बनाउने समिटिएको छ। बयालपाटा अस्पताललाई नर्सिङ कलेज हुदै मेडिकल कलेज स्तरोन्ती का लागि संघ तथा प्रदेश सरकारसंग समन्वय तथा सहकार्य गर्ने, एक घर एक धारा नीतिको प्रभावकारी कार्यान्वयन, फोहोर व्यवस्थापनको लागि दीर्घकालिन गुरु योजना निर्माण, प्रत्येक टोलमा सिचाई पोखरी तथा आवश्यकता अनुसार साना, मझौला र ठुला कुला एवम नहरहरुको निर्माण, संघ र प्रदेश सरकारसंग समन्वय गरी ६० किलोमिटर कालो पत्रे र ७० किलोमिटर ग्राभेल सडक निर्माण तथा र ३० किलोमिटर कच्ची सडकको स्तरोन्नती, नगर बस संचालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ।

संघ र प्रदेश सरकारसँगको सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद् पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमको संचालन, एक वडा एक उत्पादन नीतिको तर्जुमा र कार्यान्वयन, एक वडा एक सहकारी सुपथ मूल्य पसलको संचालन, नयाँ शहर आयोजनासंगको समन्वय र सहकार्यमा बस्ति विकास कार्यक्रमको प्रभावकारी कार्यन्वयन, वैजनाथधाम, खप्तड, जिमराडी, धौलछडा, कालालेकी लगायत नगरमा रहेका सांस्कृति–धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धनका लागि गुरुयोजना निर्माण र कार्यान्वयन गरिने उल्लेख गरिएको छ।

एक वडा एक खेल मैदान निर्माण, लैगिंक विभेदमा शून्य सहनशिलताको नीति अवलम्बन, भूमिहीन र सुकम्वासीहरुका लागि जग्गा उपलब्ध गराउन भूमि सम्बन्धी आयोगसंग समन्वय र सहकार्य, विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोग सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एक परिवार एक रोजगार कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ। नगरपालिकाको आर्थिक तथा सामाजिक विकासका लागि निजि क्षेत्रको लगानी बढाउन उचित वातावरणको सिर्जना गर्ने, सार्वजनिक कार्यक्रम संचालन गर्न खुला मंच र सभास्थल निर्माण र सभा गृहको निर्माण गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ।

नेकपा एमाले साँफेबगर नगर कमिटीका उपाध्यक्ष ललित रैगाईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले साँफेबगर नगर कमिटी सचिव ललित बोगटीले प्रतिवद्धता पत्र वाचन गरेर सार्वजनिक गर्नु भएको थियो। बौद्धिक वर्गको समुहले थुप्रै परिवर्तन रुपि खाका सहित प्रतिवद्धता पत्र तयार भएकाले जनताको माझमा हरेक नयाँ कुरा चुनावमा एजेन्डाका साथ लिएर जानू पर्ने नेकपा एमाले साँफेबगर नगर कमिटीले जनाएको छ। नगर कमिटीले सार्वजनिक गरेको १२ पेजको प्रतिवद्धतामा साँफेबगर नगरपालिकाको मुहार फेर्ने लक्ष्य भावि योजना सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरीएको छ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जयन्द्र बहादुर स्वार, जंग बि.क., नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बालगिरी कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर प्रमुख पदका उम्मेदवार पशुपति कुँवर, नेकपा एमाले जिल्ला कमिटी सदस्य सुरत भुल, झंकर कुँवर, हिरिण्ड कुँवर, राधिका भुजेल, रबिन्द्र शाह, नेकपा एमालेका नेता तेज बहादुर कुँवर, ढकेन्द्र कुँवर, साँफेबगर नगर कमिटीका कार्यलय सचिव गणेश कुँवर, अनेरास्ववियुका जिल्ला कमिटी सचिव भिम बडाहित साँफेबगर स्थित विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
आयुर्वेद उपचारमा आकर्षण बढ्दो आइतबार, साउन ४, २०८२
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न शुक्रबार, असार ६, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा शुक्रबार, जेठ २३, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
धुर्वतारा अस्पताल र मेरो माइक्रोफाइनान्स लघुवित्तको साझेदारीमा औषधि उपचारमा छुट गरिने 
धुर्वतारा अस्पताल र मेरो माइक्रोफाइनान्स लघुवित्तको साझेदारीमा औषधि उपचारमा छुट गरिने  बिहीबार, चैत १४, २०८१
ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम तथा प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर खप्तडमा सम्पन्न
ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम तथा प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर खप्तडमा सम्पन्न बुधबार, फागुन २१, २०८१
दुई दिने अपांगताको पहिचान, परिचय पत्र वितरण तथा निःशुल्क औषधि उपचार शिविर सम्पन्न
दुई दिने अपांगताको पहिचान, परिचय पत्र वितरण तथा निःशुल्क औषधि उपचार शिविर सम्पन्न शनिबार, माघ १२, २०८१
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: info@khaptadnews.com
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्