Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • बालबालिकामा कोरोनाको असर
बालबालिकामा कोरोनाको असर
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, फागुन ३, २०७८
News-20220126073106825.jpg

काठमाण्डौ ।

करीब दुई वर्ष देखि विश्वभर फैलिरहेको कोरोनाको महामारीले सवै वर्ग र समुदायलाई धेरथोर प्रभावित पारेकै छ । त्यसमा पनि १८ वर्षभन्दा कम उमेरका बालबालिकामा कोभिड–१९ को के कस्तो असर परिहेको छ ?  नेपालका बालबालिकाको सन्दर्भमा यो प्रश्नको जवाफ पहिल्याउन युनिसेफले शेयरकाष्ट इनिशिएटिभ नेपाल मार्फत डेढ वर्ष अघि देखि गराउदै आएको सर्वेक्षण र अध्ययनको परिणाम हालै सार्वजनिक भएको छ ।

अघिल्लो साता सार्वजनिक गरिएको उक्त अध्ययनअनुसार सन् २०२० देखि सन् २०२१ को नोभेम्वरका बीचमा कोभिड–१९ का कारण ३० प्रतिशतसम्म परिवार गरीबी तर्फ धकेलिने स्थितिमा पुगेका छन् । सिंगो परिवार थप गरीब हुनु भनेको बालबालिकाको लबाइ, खुवाइ र पढाइलगायतका सवै पक्षमा प्रतिकूल असर पर्नु अर्थात् स्वास्थ्य, शारीरिक, सामाजिक र बौद्धिक हिसाबले पनि उनीहरु कमजोर हुनु हो ।

सो अध्ययनले कोरोना महामारीसँगै लागू गरिएको ‘लकडाउन’ले दैनिक कमाइ गरेर गुजरा चलाउनेहरू बढी मारमा परेको देखाएकव् छ । बचत नभएका वा न्यून बचत भएका त्यस्ता परिवारले दैनिक छाक टार्नको निम्ति सरसापट र ऋण लिने र त्यसले पनि धान्न नसकेपछि भएको सम्पत्ति बेच्ने तथा खाना र उपचार आदि कटौती गर्ने गरेको पाइएको छ । उक्त सर्वेक्षणका क्रममा, पैसा नभएकै कारण ‘करीब २१ प्रतिशत परिवारले बिहान–बेलुका पेट भर्नका लागि संघर्ष गर्नु परिरहेको’ बताएका छन् भने ११ प्रतिशले चाहिं आफ्ना बालबालिकाले पहिलेको तुलनामा कम वा थोरै मात्र खान पाइरहेको जानकारी दिएका छन् । कोभिड–१९ र लकडाउनका कारण चर्को ऋणमा डुब्ने र बाँच्नका लागि बाह्य सहयोग आवश्यक पर्नेमा दलित परिवारको संख्या स्वाभाविक रूपमै बढी छ । अनि शारीरिक–बौद्धिक अशक्तता भएका व्यक्तिहरूलाई कोरोना र लकडाउनले अझै बढी मारमा पारेको देखिन्छ ।

महामारीका बाबजुद्ध, बालबालिकाको पढाइलाई लिएर अधिकांश परिवारमा विशेष चासो देखिन्छ । सर्वेक्षणमा समेटिएका करीब ६ हजारमध्ये ८० प्रतिशत परिवार कोभिड–१९ र लकडाउनका कारण आफ्ना बालबालिकाको पढाइ बरबाद भइरहेको ठान्छन् । उनीहरूमध्ये ६० प्रतिशत परिवार पठन–पाठन सुचारु भएको खण्डमा ढुक्कसँग बालबालिकालाई स्कूल पठाउन तयार देखिन्छन् । तथापि, महामारीबाट बँच्ने–बचाउने उपायका सन्दर्भमा विद्यालयहरूको तयारी प्रति धेरै अभिभावक आश्वस्त देखिंदैनन् । उत्तरदातामध्ये ६२ प्रतिशतले आफ्नो बच्चा पढ्ने विद्यालयमा हात धुने सुविधा रहेको बताएका छन् भने विद्यालयमा आवश्यक भौतिक दूरी पालना हुने कुरामा २५ प्रतिशत अभिभावक मात्र सहमत भेटिए ।

सर्वेक्षणमा समेटिएका ८४ प्रतिशत उत्तरदाताले कोरोनाबाट बँच्न नियमित रूपमा मास्क लगाउने गरेको दाबी गरेको पाइन्छ भने सन् २०२१ को नोभेम्बर महीनासम्ममा ७१ प्रतिशतले कोरोनाको खोप लगाएको बताएका थिए ।


प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित) सोमबार, साउन १२, २०८२
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
आयुर्वेद उपचारमा आकर्षण बढ्दो आइतबार, साउन ४, २०८२
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न शुक्रबार, असार ६, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा शुक्रबार, जेठ २३, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
धुर्वतारा अस्पताल र मेरो माइक्रोफाइनान्स लघुवित्तको साझेदारीमा औषधि उपचारमा छुट गरिने 
धुर्वतारा अस्पताल र मेरो माइक्रोफाइनान्स लघुवित्तको साझेदारीमा औषधि उपचारमा छुट गरिने  बिहीबार, चैत १४, २०८१
ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम तथा प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर खप्तडमा सम्पन्न
ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम तथा प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर खप्तडमा सम्पन्न बुधबार, फागुन २१, २०८१
लोकप्रीय
  • Week
  • Month
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्