Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • घट्दै कोरोना संक्रमण, रित्तिँदै शैय्या : संक्रमणदर ३.५ प्रतिशत
घट्दै कोरोना संक्रमण, रित्तिँदै शैय्या : संक्रमणदर ३.५ प्रतिशत
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, फागुन ९, २०७८
coronamicrone_20220217064714.jpg

काठमाडौं ।

कोरोना संक्रमण पुष्टि हुने संख्या दैनिक घट्दो छ। अस्पतालको शय्यामा न्यून संख्यामा संक्रमित उपचाररत छन्। मुलुकभरका अस्पताल ९ संस्थागत आइसोलेसन० मा ४ सय ९० जना संक्रमित उपचाररत छन्। जसमध्ये १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राका अनुसार १ सय ३६ जना छन्। पछिल्लो दुई सातामा संक्रमितको संख्या अत्यधिक घटेको प्रवक्ता मिश्रा बताउँछिन्। गत माघ २४ मा १ हजार ५ सय ७० जनामा संक्रमण देखिएकोमा दुई सातापछि फागुन ८ मा आइपुग्दा २ सय ६२ मा झरेको छ। माघ २४ मा ११ हजार ३ सय ६५ जनाको परीक्षण गरिएको थियो । आइतबार ९ हजार ८ सय १५ जनाको परीक्षण गरिएको 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

शय्या खाली हुँदै 
कोरोना संक्रमणको तेस्रोे लहर मत्थर हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। काठमाडौं उपत्यकाका तीन जिल्लामा संक्रमितका लागि छुट्ट्याइएका अस्पतालका अधिकांश शय्या रित्ता हुँदै छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा तीन जना मात्र उपचाररत छन्। अस्पतालका डा। विमल शर्मा चालिसे भन्छन्, ‘संक्रमित हुने र उपचारका लागि पुग्ने दर ह्वात्तै घट्यो।’ नेपाल प्रहरी अस्पतालमा ७ जना संक्रमितको उपचार भइरहेको छ। अस्पतालका डा। सुन्दरप्रसाद हैजुका अनुसार अक्सिजन चाहिने संक्रमित दुई जना मात्र छन्। कोरोनाको तेस्रो लहरमा संक्रमण दर उच्च हुँदा १ सय २९ जनासम्म भर्ना भए। ‘अहिले त संक्रमितको संख्या घटेको छ। संक्रमितका लागि छुट्ट्याइएका शय्याहरू खाली छन्,’ डा। हैजुले भने। 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले १९ जना संक्रमितको उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा। रवि शाक्यले भने, ‘कोरोना संक्रमणको तेस्रो लहर छिट्टै मत्थर भयो। शय्याहरू पनि खाली भएका छन्।’ संक्रमण पुष्टि हुने दर घटेको छ। त्यस्तै अधिकांश होम आइसोलेसनमा बसेका छन्। जटिल अवस्था नभई भर्ना नभएका कारण पनि अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको चिकित्सकहरू बताउँछन्। काठमाडौं उपत्यकामा आइतबार ९३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौंमा ८० र ललितपुरमा १२ जना संक्रमित पुष्टि भएका छन्। भक्तपुरमा एक जना संक्रमित थपिएको मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्रा बताउँछिन्।

संक्रमणदर ३ प्रतिशतमा झर्‍‍यो 
मुलुकभर ९ हजार ८ सय १५ जनाको पीसीआर गर्दा आइतबार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार १ हजार ३ सय ३८ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। प्रवक्ता डा। मिश्राका अनुसार, अहिले औसत संक्रमणदर ३ दशमलव ५ प्रतिशत छ।

तीन सातायता संक्रमण दर घट्ने क्रममा रहेको विज्ञहरू बताउँछन्। जनस्वास्थ्य विज्ञ डा। बाबुराम मरासिनीका अनुसार, पहिलो र दोस्रोभन्दा तेस्रो लहर छिट्टै मत्थर हुँदै गएको छ। ‘ओमिक्रोन भेरियन्ट चाँडै फैलियो। र, यसअघिका भेरियन्ट भन्दा छिट्टै नियन्त्रण उन्मुख भयो,’ डा। मरासिनीले भने, ‘पहिले जे जस्तो अनुमान गरिएको थियो, त्यस्तै भयो।’ अहिले होम आइसोलेसन र संस्थागतमा १२ हजार २ सय ४४ जना उपचाररत छन्। होम आइसोलेसनमा ११ हजार ७ सय ५४ जना र संस्थागत आइसोलेसनमा ४ सय ९० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

६० प्रतिशतलाई पूर्ण खोप
कुल जनसंख्याको ६० दशमलव ५ प्रतिशतले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। कम्तीमा एक मात्रा लगाउनेको संख्या ७३ दशमलव १ प्रतिशत छ। १८ वर्षमाथिका ७६ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन्। १२ देखि १७ वर्ष उमेर समूहका ६५ दशमलव शून्य ५ प्रतिशतले पूर्ण मात्रा लगाएका छन्। 

आइतबार ३३ हजार २ सय ५४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘धेरै व्यक्तिहरू कोभिड विरुद्धको खोप लगाउन बाँकी हुनुहुन्छ। खोप नलगाएका व्यक्तिलाई अहिलेको भेरियन्ट वा सम्भावित नयाँ भेरियन्टको संक्रमण हुन सक्छ। यसतर्फ सतर्क हुनुपर्छ’, डा। मिश्राले भनिन्।
                                                                                                               (अन्नपूर्ण अनलाइनबाट साभार)


प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  ०८:३७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र शुक्रबार, असार ५, २०८३
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा शुक्रबार, असार ५, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड सोमबार, जेठ २५, २०८३
विश्व वातावरण दिवसको अवसरमा बजार सरसफाई
विश्व वातावरण दिवसको अवसरमा बजार सरसफाई शनिबार, जेठ २३, २०८३
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ शनिबार, जेठ २३, २०८३
लोकप्रीय
  • Week
  • Month
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्