मेल्लेख ।
वाक नेपाल र वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको साझेदारीमा संचालित एकीकृत उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत अछाम जिल्ला मेल्लेख गाउँपालिका वडा नम्बर १ ऋषिदहमा गत बर्ष मिति २०७९ फाल्गुन २९ गते देखि हाल २०८० आषाढ २३ गते सम्म कोपिला तरकारी उत्पादक कृषक समुहका २५ जना सहभागीहरुलाई काक्रा बालीमा संचालन गरिएको “जलवायु मैत्री कृषक पाठशाला" १८ हप्ता पश्चात सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै एक कार्यक्रमका बिच विदाई गरिएको हो।
मेल्लेख गाउँपालिका वडा नम्बर १ का वडा सदस्य ललित बहादुर धामीको अध्यक्षतामा भएको विदाई कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँ कार्यपालिका सदस्य दिला देवि धामी रहनु भएको थियो। यस्तै विदाई कार्यक्रममा वडा सदस्य इन्द्रा सार्की, आस्था नेपालका सामाजिक परिचालक ध्रुवराज भण्डारी, पाठशालाका सहजकर्ता निर्मला कुमारी बुढा, वाक नेपालमा आवद्ध बचत सहजकर्ता र स्थानीय बजार सहजकर्ताहरु लगायतको उपस्थिति रहेको थियो।
जलवायु मैत्री कृषक पाठशालाको अवधारणा बिल्कुलै नवितम भएकोले आगामि बर्षका लागि अभ्यासका रुपमा अझै २÷३ वटा पाठशाला फरक–फरक बालीमा संस्थाले संचालन गर्नु पर्ने र त्यसमा वडा कार्यालयले पनि सक्दो सहयोग गर्ने वडा सदस्य ललित बहादुर धामीले प्रतिवद्धता जनाउनु भएको छ। त्यस्तै कार्यक्रममा बोदै प्रमुख अतिथि गाउँ कार्यपालिका सदस्य दिला देवि धामीले सिकेको ज्ञान सिप महिला दिदीबहिनीहरुले आगामि दिनमा आ–आफ्नो बारीमा देखाउनु पर्ने बताउनु भएको छ।
कार्यक्रममा काक्रा बालीको बीउ रोपण देखि काक्रा तयार भई टिप्दा सम्म जलवायुका असरहरुसंग समानुकुलन हुने उपायहरु, परम्परागत खेती प्रणाली र वैज्ञानिक खेती प्रणाली लगायतका विषयमा १८ हप्ता सम्म सिकेका नतिजामुखी सिकाईहरुको सिकाई आदान–प्रदान गर्नुका साथै विभिन्न समितिहरुले आफ्ना प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो। जसमा पाठशाला व्यवस्थापन समिति संयोजक तारा कुमारी खत्रीले संस्थाद्वारा गरिएको खर्च र समुहको श्रमदान सहितको खर्च सार्वजनिक, प्रतिवेदन समिति संयोजक डम्मरा खड्काले कार्यक्रमको समग्र प्रतिवेदन र अनुगमन तथा मुल्यांकन समिति संयोजक ममता खड्काले मुल्यांकन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
समुहका अध्यक्ष कौशी देवि बिष्टले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन वाक नेपालका फिल्ड परिचालक भुपेन्द्र भण्डारीले गर्नु भएको थियो।
यसै गरी वाक नेपालद्वारा मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तीकोटमा गोलभेडा बालीमा र मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडामा काक्रा बालीमा पाठशाला संचालन भई रहेको छ, भने मेल्लेख गाउँपालिका वडा नम्बर ३ दर्बा र मेल्लेख गाउँपालिका वडा नम्बर ५ विन्देवासिनीमा समेत पाठशाला सम्पन्न गरिएको जनाईएको छ।
![Rishidaha1688888432.jpg](https://www.khaptadnews.com/uploads/posts/Rishidaha1688888432.jpg)
![Rishidaha 5 1688888428.jpg](https://www.khaptadnews.com/uploads/posts/Rishidaha 5 1688888428.jpg)
![Rishidaha 4 1688888427.jpg](https://www.khaptadnews.com/uploads/posts/Rishidaha 4 1688888427.jpg)
![Rishidaha 3 1688888424.jpg](https://www.khaptadnews.com/uploads/posts/Rishidaha 3 1688888424.jpg)
![Rishidaha 2 1688888415.jpg](https://www.khaptadnews.com/uploads/posts/Rishidaha 2 1688888415.jpg)
![Rishidaha 1 1688888415.jpg](https://www.khaptadnews.com/uploads/posts/Rishidaha 1 1688888415.jpg)