Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र
एकेन्द्र महता
एकेन्द्र महता आइतबार, भदौ २२, २०८२

साँफेबगर ।

कुनै समय थियो, झोलामा चिठीपत्र बोकेर गाउँघरमा हुलाकी अर्थात् हल्कारा आउने गर्थे । प्रविधिको द्रुत गतिको विकासले महत्वपूर्ण खबर आदानप्रदान गर्न चिठीपत्र पठाउने चलन अब भने हराइसकेको छ । पहिले गाउँ गाउँमा हुलाक कार्यालय थिए । अहिले अछाम जिल्लामा १२ वटा इलाका हुलाक कार्यालय र ५९ वटा अतिरिक्त हुलाक कार्यालय छन् । जिल्ला सदरमुकाम मङ्गलसेनमा जिल्ला हुलाक कार्यालय र साँफेबगरमा एक हुलाक काउन्टर छ ।

व्यक्तिका चिठीपत्र आदानप्रदान हुन छाडे पनि डाँक सेवा जस्ता काममा अहिले जिल्ला हुलाक कार्यालय र इलाका हुलाक कार्यालयले काम गर्ने गरेका छन् । कहिलेकाहीँ सरकारी कार्यालयका चिठीपत्र मात्रै पठाउने गरेका छन् । पहिले डाँक सेवा अन्तर्गत अछामबाट पूर्वतर्फ हेटौँडा, काठमाडौँ, झापा, नेपालगन्ज, बर्दिया, चितवन, दाङ, कोहलपुर, भैरहवा, इटहरी, मोरङ, बिर्तामोड तथा पोखरासम्मको सेवा दिने गरेको थियो । यस्तै पश्चिमतर्फ कञ्चनपुर, महेन्द्रनगर, अत्तरिया तथा धनगढीसम्मको सेवा दिने गरेको भए पनि सरकारी कार्यालयका चिठीपत्र, अदालतका कागजात र विद्यालयका चिठीपत्र मात्रै हुने गरेको जिल्ला हुलाक कार्यालय अछामका कार्यालय प्रमुख रगुवीर रोक्काले बताउनुभयो । 

उहाँले व्यक्तिगत चिठीपत्र नआउने गरेको र सरकारी कार्यालयका चिठीपत्र मात्रै जाने गरेको जनाउनुभयो । विगतमा विभिन्न कागजात, सरसामान आउने र पठाउने गरेको भए पनि सञ्चार क्षेत्रको विकाससँगै चिठीपत्र पठाउन कम भएको बताउनुभयो । 

कार्यालय प्रमुख रोक्काले भन्नुभयो, “सादा र रजिस्ट्री गरेर मुस्किलले औसतमा दैनिक ५० वटा चिठी मात्रै आउने गरेका छन् र चिठीपत्र नआए पनि डाँक सेवा भने अनिवार्य पठाउनुपर्ने हुन्छ ।” 

जिल्ला हुलाक कार्यालय अछामका कर्मचारी हिजोआज रित्तो डाँक पठाउँदै आएका छन् । हुलाक कार्यालयमा सरकारीबाहेक चिठीपत्र कसैले नपठाउने गरेका कारण कर्मचारीले रित्तो भए पनि डाँक पठाउने गरेका हुन् । यहाँबाट सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा केन्द्र अर्थात् काठमाडौँसमेत हुलाक डाँक जाने भए पनि चिठीपत्र कसैले नपठाउँदा प्रायः रित्तो भए पनि डाँक जाने गरेको रोक्काको भनाइ छ । 

उहाँले भन्नुभयो, “इमेल, इन्टरनेट, मोबाइल तथा विभिन्न सञ्चार सेवामा पहँुच बढ्दै जाँदा हुलाक सेवाको पहुँच घट्दै गएको र चिठीपत्र नहुँदा रित्तो डाँक भए पनि पठाउने गरेका छौँ ।” टेलिफोन, इन्टरनेट र फ्याक्सलगायत मोबाइल फोन सर्वसुलभ भएपछि हुलाकबाट आफन्तलाई चिठीपत्र पठाउने प्रचलन विगतको भन्दा धेरै मात्रामा हराउँदै गएको हो । 

पछिल्लो समय हुलाक कार्यालय टिकट बिक्री गर्न मात्र बढी प्रभावकारी देखिएका छन् । मोबाइल, इमेल, इन्टरनेटलगायतका विभिन्न प्रविधिको विकासका कारण पनि चिठीपत्र आदानप्रदानमा कमी आएको देखिन्छ । जिल्ला हुलाक कार्यालय अछाममा आर्थिक वर्ष २०८१र८२ मा छ हजार ४८६ रजिस्ट्रीपत्र आयात र निर्यात भएको कार्यालयको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
जेन–जी पुस्ताद्धारा सरकार विरुद्ध प्रदर्शन
जेन–जी पुस्ताद्धारा सरकार विरुद्ध प्रदर्शन मंगलबार, भदौ २४, २०८२
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन आइतबार, भदौ २२, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
५७ जना अछामीलाई कैलालीबाट सेवा
५७ जना अछामीलाई कैलालीबाट सेवा सोमबार, भदौ ९, २०८२
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार सोमबार, भदौ ९, २०८२
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार शनिबार, भदौ ७, २०८२
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न शनिबार, भदौ ७, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्